IME Life New

पुनर्बीमा कम्पनीको अवस्था सुदृढ, एक अर्ब मुनाफा, पाँच अर्ब रुपैयाँ कोषमा संचिती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६।०७७ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै वित्तीय अवस्था सुदृढ भएको देखिएको हो । कम्पनीको खुद बीमा शुल्क आर्जन र मुनाफा दुवै बृद्धि भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले चुक्ता पुँजिको आधा रकम जगेडा कोष र बीमा कोषमा संचिती गरेको छ । १० अर्ब चुक्ता पुँजि रहेको पुनर्बीमा कम्पनीले बीमा कोषमा एक अर्ब ४७ करोड ५० हजार ९१ हजार रुपैयाँ र जगेडा कोषमा तीन अर्ब तीन करोड ७७ लाख रुपैयाँसहित कूल पाँच अर्ब पाँच करोड २८ लाख ३१ हजार रुपैयाँ संचिती गर्न सफल भएको छ ।

Esewa
Crest

गत असार मसान्तसम्ममा कम्पनीको निर्जिवन र जीवन बीमा व्यवसायबाट आर्जित खुद बीमा शुल्कमा सामान्य बृद्धि भएको छ । कम्पनीले निर्जिवन र जीवन बीमा गरी कूल छ अर्ब ६३ करोड २४ लाख २९ हजार रुपैयाँ असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन गरेको छ । जबकि अघिल्लो वर्ष यस्तो आय छ अर्ब ३१ करोड ८० लाख ४९ हजार रुपैयाँ थियो ।

कम्पनीले पुनर्बीमा कमिशन बापत भुक्तानी गर्नुपर्ने रकम केही घटेको छ । अघिल्लो आर्थिक वर्षमा दुई अर्ब पाँच करोड ८६ लाख ९२ हजार रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेश पठाएको पुनर्बीमा कम्पनीले गत आवमा साढे दुई करोड रुपैयाँ भन्दा बढिले घटेर दुई अर्ब तीन करोड २० लाख चार हजार रुपैयाँ मात्रै विदेश पठाएको छ ।

सञ्चालन अवधीमा कम्पनीले एक अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले निर्जीवन बीमा व्यवसाय एक अर्ब ६ करोड ५४ लाख र जीवन बीमा व्यवसाय १७ करोड १७ लाख रुपैयाँ गरी सो बराबरको खुद नाफा आर्जन गरेको वित्तीय विवरणले देखाएको छ । आर्थिक वर्ष २०७५।०७६ मा जम्मा ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ४१.८८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा कूल दुई अर्ब ७७ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने एक अर्ब ५८ करोड रुपैयाँ बाँकी छ । नेपाल पुनर्बीमा कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२.३७ पैसा, प्रतिशेयर नेटवर्थ १५०.९२ पैसा र मूल्य आम्दानी अनुपात ४०.७४ गुणा छ ।

पुनर्बीमा कम्पनीले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रुपैयाँको जोखिम बहन गर्ने बीमा समितिले जारी गरेको कोरोना बीमा मापदण्ड २०७७ मा उल्लेख छ । पुनर्बीमा कम्पनीको कोषमा संचिती रहेको रकमबाट दावी भुक्तानी तिर्न सक्षम वित्तीय विवरणमा सक्षम देखिएको छ । साथै त्यस्तो दावी भुक्तानी गरे बापत कम्पनीको मुनाफामा ठूलो असर नपर्ने वित्तीय विवरणबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS