IME Life New

जो वाइडेनको स्वास्थ्य बीमा नीतिले अमेरिकामा रहेका नेपालीहरुमा उत्साह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अमेरिका । हालै सम्पन्न भएको अमेरिकाको राष्ट्रपतीय डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै आप्रवासीले खुशी मनाएका छन् । अमेरिकामा खुशी मनाउने आप्रवासी नेपालीहरुमा भने थप उत्साह समेत देखिएको अमेरिकामा रहेका पत्रकार मधुकर अधिकारीले जानकारी दिएका छन् । जो बाईडेनले अघि सारेको स्वास्थ्य बीमा सम्बन्धी नीतिलाई अमेरिकामा रहेका नेपालीहरु उत्साहका साथ लिएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा भएको टेलिभिजन बहसमा लोककल्याणकारी स्वास्थ्य बीमाको पक्षमा बाईडेन थिए भने निजि स्वास्थ्य बीमा प्रोत्साहन गर्नुपर्ने पक्षमा अर्का प्रत्यासी डोनाल्ड ट्रम्प थिए ।

Esewa
Crest

“जो वाइडेनको विजयले हामी अमेरिकन नेपालीमा आशा र विश्वास निर्माण गराउन अभिप्रेरित गरेको छ”, वाइडेनको विजयपछि प्रतिक्रिया दिँदै मेरिल्याण्ड जनरल एसेम्वलीका डेलिगेट हरी भण्डारीले भने । डेमोक्र्याट पार्टीका सिनेटरहरुले हाउसमा उत्पन्न गरेका टेम्पोरेरी प्रोक्टेड स्टाटस (टिपीएस) बाहकहरुलाई ग्राीनकार्ड हुँदै नागरिकका लागि सहजीकरण गर्ने विधयेक कार्यान्वयन हुने विश्वास गरिएका कारण समेत अमेरिकामा बाईडडेनको जीतसँग जोडेर हेरेकाले नेपालीहरुले खुशी मनाएको कानून व्यवसायमा संलग्न खगेन्द्र जिसीको भनाई छ ।

अमेरिकामा राजनीतिक कर्ममा संलग्न रहेका हरि शर्माले वाइडेनको विजयले नेपाल अमेरिकाको सम्बन्धमा नयाँ उचाइ हासिल गर्नसक्ने विश्वास व्यक्त गर्दै आफूहरु उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS