IME Life New

पुनर्बीमा कम्पनी आजबाट सातौं वर्षमा प्रवेश, अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको नेपालको एक मात्र पुनर्बीमा कम्पनीले आज सातौं बार्षिकोत्सव मनाउँदैछ । नेपालको एक मात्र अन्तराष्ट्रिय मुद्रा आर्जन गर्ने सेवा प्रदायक नेपाल पुनर्बीमा कम्पनीले विगत छ वर्षमा उल्लेख्य प्रगति मात्रै होइन, नेपालबाट पुनर्बीमा शुल्क बापत बाहिरिने बार्षिक सात अर्ब रुपैयाँमा समेत जोगाउन सफल भएको छ । १० अर्ब चुक्ता पुँजि भएको कम्पनीले गत आवमा १५ अर्बभन्दा बढि लगानी गरी नेपालको वित्तीय क्षेत्रमा सशक्त उपस्थिति दर्शाउँदैछ ।

२०७१ कार्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको पुनर्बीमा कम्पनीले आजबाट छ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गर्दैछ । सातौं बार्षिकोत्सवको अवसरमा कम्पनीले डिभिजटल माध्यमबाट विशेष कार्यक्रम आयोजना गरिएको छ । सातौं बार्षिकोत्सवको अवसरमा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले शसक्त पूर्वाधारसहित अन्तर्राष्ट्रिय क्षेत्रबाट बीमा शुल्क संकलन गरेर कम्पनीलाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

नेपालमा २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्ध (जनयुद्ध) को समयमा आतंकवादी आक्रमणमा हुने क्षतिको छुट्टै कोषमार्फत व्यवस्थापन गरिएको थियो । २०६३ साल मंसिर ५ गते तत्कालिन नेपाल सरकार र माओवादीबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौतामार्फत द्वन्दरत माओवादी राजनीतिक मूलधारमा आएपछि आतंकवाद बीमा पुलको औचित्य लगभग सकिएको निष्कर्षसहित सो पुलमा जम्मा भएको रकमबाट नेपाल पुनर्बीमा कम्पनीको नेपाल सरकारले प्रबद्र्धन गरेको हो ।

द्वन्दको समयमा गैर प्राकृतिक र माओवादी पक्षबाट पुर्याउने क्षतिको व्यवस्थापनको लागि सुरुमा तत्कालिन श्री ५ को सरकारको पाँच करोड र १७ वटा निर्जिवन बीमा कम्पनीको ३५/३५ लाखको लगानी गरेर आकस्मिक बीमा कोष खडा गरिएको थियो । सोही कोषलाई वि.स २०७१ कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा स्थापना भएको थियो । स्थापनाको छ वर्षमा कम्पनीले नेपालमा सञ्चालित ३९ वटा बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पुँजि विदेशिनबाट रोक्न सफल भएको छ ।

स्थापनाको सातौं बार्षिकोत्सव मनाइरँदा कम्पनीले विदेशबाट समेत करोडौं रुपैयाँ बीमा शुल्क नेपाल भित्राउन सफल भएको छ । गत आर्थिक वर्षको असार मसान्त सम्ममा कम्पनीले ७१ करोड रुपैयाँ बिदेशी मुद्रा आर्जन गर्न सफल भएको छ । विदेशमा सेवा प्रवाह गरेर विदेशी मुद्रा भित्राउने नेपालको सम्भवतः एक मात्र कम्पनीको रुपमा पुनर्बीमा कम्पनीले वित्तीय कारोबार गरिरहेको छ ।

पुनर्बीमा कम्पनीको लगानी १५ अर्ब माथि
नेपाल पुनर्बीमा कम्पनीले १५ अर्बभन्दा बढी रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ । कम्पनीले गत आवको चौथौ त्रैमासको अवधिसम्ममा १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेको छ ।

पुनर्बीमा कम्पनीले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेको छ ।

असार मसान्तसम्ममा पुनर्बीमा कम्पनीले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सबैभन्दा धेरै लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले बाणिज्य बैंकहरुमा ११ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, पुनर्बीमा कम्पनीले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १ अर्ब २९ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, ख वर्गका बैंकको मुद्दती निक्षेपमा १ अर्ब २३ करोड रुपैयाँ, नेपाल पुर्वधार विकास बैंकको शेयरमा ४९ करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, नागरिक स्टक डिलरमा २५ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २० करोड ४१ लाख रुपैयाँ लगानी गरेका छन् । म्युचअल फण्ड र नागरिक लगानी कोषमा २० करोड रुपैयाँ, केयर रेटिङको शेयरमा २५ लाख रुपैयाँ, बीमा प्रवद्र्धन कोषमा विज राशी १० लाख रुपैयाँ लगानी गरेको छ ।

अन्डरराईटिङमा कडाई गरेसँगै व्यवसाय साघुँरीयो

नेपाल पुनर्बीमा कम्पनीले अन्डरराईटिङमा कडाई गरेसँगै ३२ राष्ट्रसँगको व्यवसाय घटेर १३ पुगेको छ । यसअघि पुनर्बीमा कम्पनीले विभिन्न ३२ वटा देशमा व्यापार सञ्जाल विस्तार गरेको थियो । गत बर्ष सबैभन्दा धेरै व्यापार सञ्जाल विस्तार गरेको कम्पनीले अन्डरराईटिङमा कडाई गरेसँगै आधा भन्दा बढी राष्ट्रहरु मार्फत भित्रिने व्यापार घटेको हो ।

कस्तो छ कम्पनीको वित्तीय अवस्था ?

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी रकम १५ अर्ब माथि रहेको छ भने लगानी प्रतिफल १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । कम्पनीले यस वर्ष मुनाफा वितरणमा एनएफआरएसका कारण नसकेपनि आगामी वर्ष मुनाफा वितरण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले चौथौ त्रैमासका अन्त्यसम्ममा स्वदेशी र विदेशी प्रिमियम मार्फत ८ अर्ब १ करोड रुपैयाँ प्रिमियम आर्जन गरेको छ । अन्य देशहरुसँगको व्यापार विस्तार घटेसँगै विदेशी प्रिमियम रकम समेत घटेको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्ममा ७१ करोड १० लाख रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।

त्यस्तै कम्पनीले नेपालमा संचालित ३९ वटा कम्पनीमार्फत ७ अर्ब ३० करोड रुपैयाँ प्रिमियम रकम भित्रयाउन सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS