IME Life

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा ३ जनाको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनौटका लिएको प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तीन जनाको नाम सिफारिस गरेको हो ।

लोकसेवा आयोगबाट सिफारिस भएका ३ जना मध्ये एक जनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदको बैठकले बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।

Prabhu
Crest

बिहिवार सम्पन्न भएको अन्तर्वार्तापछि आयोगले हिजो मन्त्रालय समक्ष सिफारिस गरेको आयोग स्रोतले जनाएको छ । आयोगका अध्यक्षको सचिवालयले डा. दामोदर बसौला, डा. कृष्णप्रसाद अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको जनाइएको छ । उल्लेखित ३ जना मध्येबाट आयोगले एक जनालाई बोर्डको कार्यकारी निर्देशक बनाउनेछ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यकारी निर्देशक छनौट समिति गठन गरेको थियो । सो समितिले गत २७ भदौमा १५ दिनको अवधी दिएर दरखास्त आव्हान गरेको थियो । प्रतिस्पर्धामा ८ जना सहभागी थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS