IME Life New

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा निप्स चितवनद्वारा दिप प्रज्वलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नारायणगढ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) चितवन शाखाले काठमाडौँ त्रिभुबन विमानस्थलमा विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामामा भरतपुरको लायन्सचोकमा दिप प्रज्वलन गरी भावपुर्ण श्रद्घाजञ्जली ब्यक्त गरेको छ । गत फागुन २८ गते त्रिभुवन अन्तराट्रिय बिमानस्थलमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन गरेको नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवन शाखाका सल्लाकार नारायण प्रसाद सापकोटाले बताउनुभयो ।

Esewa
Crest

कार्यक्रमा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितावन शाखाका अध्यक्ष भरत मल्लले अकालमा ज्यान गुमाउने सम्पुर्णलाई दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परीवार प्रति हार्दिक समाबेदना प्रकट गर्नुभएको थियो । कार्यक्रमा नेपाल ईन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवन शाखाका महासचिव-शंकर अधिकारी, उपाध्यक्ष-राम कुमार अधिकारी, कोषाध्यक्ष-इन्द्र राज सुवेदी, सचिव-रमेश कुमार पौडेल लगाएत अन्य पदधिकारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS