IME Life New

समस्याग्रस्त बनेको अरुण फाइनान्सले पायो पुनर्जीवन..

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, चैत्र ०२ ।अरुण फाइनान्स लिमिटेडले आफ्नो नाम परिवर्तन गरी हाथवे फाइनान्स लिमिटेडको नामबाट कारोबार सुरु गरेको छ । नाम परिर्वतन संगै कम्पनीले शुक्रवारदेखि नै कारोवार शुभारम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट ग वर्गको ईजाजत पत्रप्राप्तराष्ट्रिय स्तरको फाईनान्स “अरुण फाइनान्स लिमिटेड”को मिति २०७४ साल पौष २७ गते बिहीवार बसेको २१औँ बार्षिक साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय पारित गरेको थियो ।

Esewa
Crest

हाथवे फाईनान्सको रुपमा नाम परिवर्तन गर्ने स्वीकृति पाएसँगै पूँजि संरचनामा समेत परिवर्तन गर्नेे स्वीकृति पाएको छ । जस अनुसार अब कम्पनीको जारी पूँजी रु. ८४ करोड कायम भएको छ । हाल ३ वटा शाखा सञ्जाल रहेको यस फाईनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा रु. ८७ लाखभन्दा बढी नाफा गरेको थियो ।

त्यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरको च.नं. ३२३५७ मितिः २०७४।११।३० को पत्र अनुसारको निर्णयबाट अरुण फाइनान्स लिमिटेडको नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले तिर्ने व्यहोर्ने गरि साविक नाम परिवर्तन गरि हाथवे फाइनान्स कम्पनी लिमिटेड कायम गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS