काठमान्डौ : नेपाल पुनर्बीमा कम्पनीको अघिल्लो साता १ अर्ब ३५ करोड बराबरको शेयर कारोवार भएको छ । अघिल्लो सातामा नेप्सेमा कारोवार हुने कम्पनी मध्ये सबै भन्दा धेरै नेपाल पुनर्बीमाको शेयर कारोवार भएको छ ।
नेपाल पुनर्बीमाको आईतबार ४० करोड १३ लाख, सोमबार २८ करोड ४० लाख, मंगलबार २७ करोड ५५ लाख, बुधवार २२ करोड ३१ लाख र बिहीवार १७ करोड ४२ लाख बराबरको शेयर कारोवार भएको थियो । कारोवार रकम भने साताको सुरुवाती दिन भन्दा अन्तिम दिनमा आउँदा घट्दो क्रममा रहेको थियो ।
अघिल्लो साता नेपाल पुनर्बीमाको शेयर मूल्य ८९५ रुपैयाँमा बन्द भएको थियो । आईतबार ८७१ रुपैयाँ, सोमबार ८५६ रुपैयाँ , मंगलबार ८५९ रुपैयाँ, बुधवार ८९१ रुपैयाँ र बिहीवार ८९५ रुपैयाँमा बजार मूल्य बन्द भएको थियो ।
“ईण्ट्राडे”मा आईतबार उच्च मूल्य ९३३ रुपैयाँ सम्म पुगेको थियो भने मंगलबार कम्पनीको बजार मूल्य ८३७ रुपैयाँको न्यून विन्दुसम पुगेको थियो ।