IME Life New

रसुवागढी र सान्जेन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, फाल्गुन ३० रसुवागढी र सान्जेन हाइड्रोपावरले फागुन ११ गतेदेखि निष्काशन खुला गरेका दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको सिमित साधारण सेयर (आईपिओ) मा आवेदन दिने म्याद आज बुधबार अर्थात् फागुन ३० गते बैंकिङ्ग समय सम्म मात्र रहेको छ । दुबै कम्पनीले अहिले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुलाई सिमित साधारण सेयर बिक्री खुला गरेका हुन् ।

रसुवागढी हाइड्रोपावरले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्काशन गरेको हो । जसमा कर्मचारी सञ्चय कोषसँग ऋण सम्झौता भएको मिति ०६८ मंसिर २२ गतेदेखि धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति ०७४ पुस २० गतेसम्म कायम रहेका सञ्चयकर्ताले आवेदन दिन सक्ने विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । रसुवागढीमा सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्याको अधिकतम ५०० कित्ता अर्थात ५० हजार रुपैयाँसम्मको सेयर फागुन ३० गतेसम्म माग गर्न पाउनेछन् ।

Esewa
Crest

त्यसैगरि सान्जेन हाइड्रोपावरले पनि ८७ लाख ६० हजार कित्ता सेयर फागुन ११ गतेदेखि नै निष्काशन खुला गरेको हो । जसमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको मिति ०६८ मंसिर २२ गतेदेखि बोर्डबाट विवरणपत्र स्वीकृत भएको मिति ०७४ मंसिर २६ गतेसम्म रकम सञ्चित गरेका सञ्चयकर्ताले आवेदन गर्न पाउनेछन् ।

सान्जेन हाइड्रोपावरकाे अाइपिअाेमा सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि १० अंकले भाग जाने संख्याको अधिकतम ३०० कित्ता अर्थात ३० हजार रुपैयाँसम्मको सेयर माग गर्न पाउने विक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

दुबै कम्पनीको आईपिओमा लगानीकर्ताले मेरो सेयर तथा आस्वा सदस्यमा सहभागि ६२ वटा बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS