IME Life New

नयाँ बीमा योजना निर्माणमा केन्द्रित छौ- पोषक राज पौडेल, प्रमुख कार्यकारी अधिकृत, सिटिजन लाईफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोषक राज पौडेल, प्रमुख कार्यकारी अधिकृत, सिटिजन लाईफ इन्स्योरेन्स

फाईनान्सियल कन्सल्टिङ्गबाट आफनो करिअर सुरु गरेका पोषक राज पोडैल अहिले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । उनले कन्सल्टिङ्गमा ६ वर्ष काम गरे । त्यसपछि उनले मेट लाईफ इन्स्योरेन्समा प्रवेश गरे । जहाँ उनले १५ वर्ष विताए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । त्यस्तै अमेरिकाबाट फेलेसिप इन लाईफ इन्स्योरेन्स म्यानेजमेन्टको अध्ययन पनि पुरा गरेका छन् । नयाँ कम्पनीहरु खुलेसँगै बजारमा प्रतिस्पर्धा बढी रहेको चर्चा चलिरहेका बेला उनी भने नयाँ बीमा योजना सञ्चालन गरी बीमितलाई आकर्षण गर्न सकिनेमा ढुक्क छन् । उनै पौडेलसँग बर्तमान बीमा बजारको अवस्था र कम्पनी रणनीतिको बारेमा इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार:
अहिलेको बीमा बजारलाई कसरी मूल्याङकन गर्नु हुन्छ ?
बीमा बजार एकदमै राम्रो छ । बीमा जनचेतना पनि बढ्दै छ । यसको महत्व पनि उत्तिकै बढेको छ । सरकारले पनि यसलाई महत्व दिएको छ । सरकारले स्वास्थ्य बीमा ल्याएर अझै यसलाई व्यापक रुपमा अघि बढाईरहेको छ । सम्रगमा भन्नु पर्दा यसको बजार उत्साह पूर्वक नै रहेको मान्न सकिन्छ । तर, धेरै मानिसहरु यसमा समेटिएका छैनन् । समेट्न सक्ने थुप्रै बाटोहरु छन् । बजार खाली नै रहेको छ । बीमामा १० देखि १२ प्रतीशत मात्र मानिसहरु समेटिएको छ । त्यसैले मानिसलाई बीमा प्रति आकर्षित गर्न सक्ने भने यसको बजारमा व्यापक छ ।

नेपालमा पहिले नै यति धेरै जीवन बीमा कम्पनी छन् ? त्यसमा पनि अहिले एकै पटक धेरै कम्पनी खोलिए । कम्पनीहरु बिच कतीको प्रतिस्पर्धा छ ?
प्रतीस्पर्धा हरेक क्षेत्रमो हुन्छ । प्रतीस्पर्धाले ग्राहकलाई फाईदा नै गरेको छ । कम्पनी नयाँ आए सँगै नयाँ पोलिसी र बीमीतलाई कसरी आर्कषण गर्न योजना ल्याउन सकिन्छ भन्नेमा रहेको हुन्छ । यसमा सबैजनालाई समेट्न सकिएको छैन । नयाँ कम्पनी बजारमा भित्रिएसँगै बजारमा चेतना बढाउने र बीमीत बढाउने काम भएको छ । हाल व्यापार बढाउन खासै त्यस्तो प्रतिस्पर्धा भएको पाईदैन ।

Esewa
Crest

नेपालमा बीमा कम्पनीहरुको सङख्या धेरै भएको विज्ञहरु बताउँछन् । तपाईलाई के लाग्छ, यति धेरै कम्पनीहरु बजारमा धानीन सक्छन् त ?
बैंकको क्षेत्रमा पनि नयाँ बैंकहरु विस्तार भएसगै यसको बजार निकै राम्रो भएको छ । नयाँ बैंकको सुरुवात सगै बैकिङ क्षेत्रको पहुँच ४० देखि ५० प्रतिशत पुगेको छ । बीमाको क्षेत्रमा पनि नयाँ कम्पनीहरु विस्तारै भित्रिदै छ । विगतको कुरा गर्ने हो भने सन् २००१ मा बीमा कम्पनीहरु नयाँ आएसँगै बीमा बजार बढेको थियो र फेरी थप भएसँगै बीमा बजार बढेको देखीन्छ । नयाँ कम्पनीहरुको वृद्धि भएसँगैे बजार बढीरहेको छ । हाल नेपालमा बीमाको पहुँच १२ प्रतिशत मात्रै छ । अन्य मानिसहरुलाई अझै बीमा समेट्न सकिएको छैन । त्यसैले सबैले कम्पनीले काम गर्ने हो भने बीमाको पहुँच पनि बढ्नेछ र कम्पनीहरु धानीन पनि सक्नेछन् ।

नयाँ कम्पीहरुले पुरानै कम्पनीहरुको प्रडक्ट बिक्रि गरिरहेका छन् ? किन नेपालको आवश्यकता अनुसार बीमा योजना निर्माण गरीदैन ?
थुप्रै कम्पनीहरुले नयाँ ल्याउने प्रयास गर्दैछन् । हाम्रो कम्पनीेले एकदमै नयाँ प्रडक्ट ल्याएको छ । नेपालमै पहिले पटक जीवन सारथी भन्ने प्रडक्ट ल्याएका छौ । जुन नेपालमा कुनै पनि कम्पनीले यस्तो प्रडक्ट ल्याएको छैनन् । २० वटा घातक रोगहरुको लागि हामीले प्रडक्ट ल्याएका छौ । हामीले नयाँ खालका प्रडक्ट ल्याउँने प्रयासमा छौ । हामीले प्रडक्ट सेल गर्दा हामीले ग्राहककको मर्म बुझनुपर्दछ । जसले गर्दा अझ राम्रो हुन्छ । हाल ग्राहकको माग अनुसार घातक रोग सम्बन्धि प्रडक्टको माग बढी रहेको छ ।

अर्थमन्त्रालयले नयाँ बीमा विधेयक ससंदमा दर्ता गरेको छ । तपाईको बिचारमा नयाँ विधेयक कस्तो हुनुपर्दछ ?
यसमा मुख्यत बीमा विस्तारको लागि बीमा समिती, बीमा कम्पनी, अभिकर्ता र बीमाको क्षेत्रमा काम गर्न व्यक्तिहरुको लागि काम गर्न सहज वातावरण तयार गरिदिनुपर्दछ । सरकारले बीमा पहुँच वृद्धि गर्ने खालका रणनीति नयाँ विधेयकमा राख्नुपर्दछ ।

बीमा अभिकर्ताले एउटा भन्दा बढी कम्पनीमा काम गर्न पाउने माग गरेका छन् यो कतीको जायज छ ?
यो एउटा सिद्धान्तको कुरा हो । विदेशको सन्दर्भलाई जोडेर हेर्ने हो भने अभिकर्ताहरुले एउटै कम्पनीमा मात्र काम गरेको पाईन्छ । विदेशमा एउटा काम गरेको प्रयासहरु देख्न सकिन्छ । एउटा कम्पनीले अभिकर्ताको सिप क्षमता वृद्धिको लागि केही बजेट विनियोजन गरेको हुन्छ । उसले त्यहाँबाट थुपै कुरा सिक्ने अवसरका साथै, एउटा कम्पनीमा काम गर्दा उनीहरुमा व्यवसायिकता बढी हुन्छ ।

नयाँ कम्पनीहरुले अभिकर्ताको लागि पनि सेयर वितरण गनुपर्नेे माग गरेका छन् । यसलाई कम्पनीले कसरी लिएको छ ?
यो एउटा नीतिगत कुरा हो । नियामक निकायले जस्तो खालका निर्देशन दिन्छ कम्पनीहरुले सोही अनुरुप काम गर्नुपर्छ । यदि यस बिषयमा समितिले निर्णय गर्छ भने पक्कै पनि कम्पनीहरु यसमा सहमती हुनेछन् । अन्यथा कम्पनी आफैले यस बिषयमा निर्णय गर्न भने सक्दैन ।

बीमा कम्पनीहरुले बिना पूर्वधार शाखा खोल्न गरेको गुनासो सुनिन्छ नि । प्रतीस्पर्धाको लागि मात्र शाखा खोलिनु कतिको राम्रो हो ?
यो नराम्रो कुरा हो । प्रतीस्पर्धाको लागि मात्र कम्पनी खेलिदा कम्पनीले खर्च बढाईरहेको हुन्छ । यसले कम्पनीलाई घाटा पुराउँने काम गर्दछ । भोलीका दिनमा ग्राहकलाई सेवा सुविधा दिन सकेन भने कम्पनीको छविमा पनि नराम्रो धक्का लाग्छ । हाम्रो कम्पनीले त्यस्तो गरेको छैन । हामी पूर्व तयारीका बजारमा आएका छौ ।

तपाईको कम्पनीले कहिले देखी बोनश वितरण गर्ने योजना बनाउनु भएको छ ?
नियम निती र समय अवधी अनुसारमा हामी बोनस वितरण गर्छौ ।

कम्पनीले बीमाको पहुँच बढाउन के गरेको छ ?
बीमा पहँच बढाउँन लागि हाम्रो कम्पनीले एउटा अभियान सुरुवात गरेका छ । विधार्थीसँग बीमा भन्ने कार्यक्रम हामीले देशव्यापी रुपमा अघि बढाएका छौ । यसको ब्रान्ड एम्बेसडरमा हरिवंश आर्चाय र मदनकृष्ण श्रेष्ठलाई राखेका छौ । पूर्व विर्तामोड देखी महेन्द्रनगरमा पनि हाल उक्त कार्यक्रम सञ्चालन भईरहेको छ ।

बीमा समितले हालै ट्रेनिङ इन्टिच्यूट सञ्चालनमा ल्याएको छ ? यसले बीमा बजारको लागि जनशक्ति उत्पादन गर्नमा कत्तीको मद्दत पुग्ने देख्नुहुन्छ ?
बीमा समितीले सञ्चालनमा ल्याएको ट्रेनिङ्ग इन्स्टिच्यूटले बीमा बजारमा भईरहेको दक्ष जनशक्तिको समस्यालाई निराकरण गर्न सहयोगी भूमिका खेल्नेछ । यो एउटा टेक्निकल विषय भएको हुनाले बीमा बुझन चाहने व्यक्तिको लागि यस तालिमले बीमालाई नजिकबाट बुझन सहज पनि गर्दछ । यसको लागि म बीमा समितीलाई धन्यवाद पनि दिन चाहन्छु ।

आगामी दिनमा कम्पनीलाई अघि बढाउन कस्तो रणनिती अपनाउनु भएको छ ?
कम्पनीलाई अघि बढाउन आधार भनेको कम्पनीको कर्मचारी हुन् । त्यसैले हामीले कर्मचारीको क्षमता बृद्धिमा विषेश ध्यान दिएका छौ । यसको उनीहरुलाई आवश्यकता अनुसार व्यसायिक तालिम तथा अभिप्रेरणा जगाउँने खालका तािलम पनि प्रदान गर्दै आएका छौ । यसका साथै हामी नयाँ प्रडक्ट जारी गर्नमा बढी सचेत छौ । अबका दिनमा पनि परम्परागत प्रडक्ट बजार लिन सकिदैन । त्यसैले हाम्रा कर्मचारी यस बिषयमा बढी केन्द्रित छन् । हामी हाम्रा सेवाग्राहीलाई राम्रो सेवा सुविधा र जतिसक्दो प्रविधिको प्रयोग गरी सरल र छरितो सेवा दिन तर्फ केन्द्रित भएका छौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS