IME Life New

अझै सम्म सहकारी संस्थाहरु करको दायरा बाहिर, बागलुङका दुई सय ५१ वटा सहाकारी करको दायरा मा आउन बाँकि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सरकारले सहकारी संस्थाहरु अनिवार्य प्यानमा दर्ता हुनुपर्ने व्यवस्था गरे पनि बागलुङका दुई सय ५१ वटा सहाकारी करको दायर बाहिर रहेका छन् ।

डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भएका ४ सय ६९ सहकारी संस्था मध्ये हालसम्म करदाता सेवा केन्द्रबाट २ सय १८ सहकारीले मात्र प्यान नम्बर लिएका छन् । प्लानमा दर्ता भएका सहकारी मध्ये पनि आर्थिक वर्ष २०७३÷०७४ को पौष मसान्तसम्म ५६ ओटा सहकारीहरुले कर नतिरेको कर कार्यालय बागलुङले जनाएको छ ।

Esewa
Crest

डिभिजन सहकारी कार्यालय र कर कार्यालयबीच समन्वय नहुँदा सहकारीहरु कर कार्यालयमा दर्ता नभएको कर कार्यालय बागलुङका अधिकृत सुर्यप्रसाद चापागाईले जनाकारी दिनुभयो । कर कार्यालयले सबै सहकारीलाई पत्रचार गरी कर कार्यालयमा दर्ता हुन र कर तिर्नको लागि अनुरोध गरेको कर अधिकृत चापागाईले जानकारी दिनुभयो ।

सहकारीहरु दर्ता हुँदा डिभिजन सहकारी कार्यालयले कर कार्यालयमा दर्ता गर्नुपर्ने र कर तिर्नुपर्ने जानकारी गराईदिएमा सहकारीहरु करको दायरामा आउने अधिकृत चापागाईको भनाई छ ।

एता, डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले जिल्लामा धेरै सहकारीहरु दर्ता भएता पनि निष्क्रिय सहकारीले कर नतिरेको हुनासक्ने दावी गर्नुभयो । सहकारीहरुलाई २० प्रतिशत कर लगाइ दिएको र उक्त कर तिर्न नसकिने भन्दै सहकारीकर्मीहरु असन्तुष्टी रहेकाले कर नतिरेको हुन सक्ने शर्माको अनुमान छ ।

सहकारीहरु दिर्घकालीन लक्ष्यका साथ अगाडी बढ्ने र राज्यको सेवा सुविधा उपयोग गर्नको लागि अनिवार्य प्यान लिनुपर्ने सहकारी अभियन्ताहरु बताउछन ।

आय कर ऐन अनुसार महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका क्षेत्रका बचत तथा ऋण सहकारीहरुले नाफाको २० प्रतिशत आयकर तिर्नु व्यवस्था रहेको छ । यसैगरी यी क्षेत्रसँग जोडिएका गाउँपालिकाका सहकारीले पनि सोही अनुसार कर तिर्नुपर्छ । सदस्यहरुको बचतमा प्राप्त हुने व्याजमा समेत ५ प्रतिशत व्याजकर लाग्छ । सरकारले २०६८ सालबाट सहकारी संस्थाले अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS