काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नेपालको नक्सा पारित गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्रीले पेस गरेको सो नक्सासम्बन्धी प्रस्ताव पारित भएको हो । सरकारले लिम्पियाधुरा लगायतको क्षेत्र समेटेर तत्काल नयाँ नक्सा पनि जारी गर्ने भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको थियो ।
यस अघि भारतले नयाँ राजनीतिक नक्सा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाए पछि त्यस विरुद्ध नेपालमा चर्को विरोध भएको थियो । यसका साथै संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।