IME Life New

[Exclusive] महालक्ष्मी लाईफको सपना अधुरो रहेपछि आइएमर्इ लाइफ ताक्दै रमेश कुमार भट्टराई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फागुन २८, पछिल्लो चरणमा नयाँ लाइसेन्स पाउने १० जीवन बीमा कम्पनीमध्ये आइएमर्इ लाइफ इन्स्योरेन्स कारोबार थाल्ने पहिलो कम्पनी बनेको थियो । कारोबार सुरु गर्दा प्रमुख कार्यकारी अधिकृत बिनानै कारोबार संचालन गरेको  इन्स्योरेन्सको, महाप्रबन्धकको रुपमा राकेश पोखरेलले करिब ४ महिना नेतृत्व गरे तर पोखरेलबाट आइएमर्इ समूहले सोचे जस्तो नतिजा पाउन सकेन र छोटो समयमै पोखरेलले आइएमर्इ लाइफ इन्स्योरेन्सबाट बिदा हुनुपर्यो ।

भदौ १ गतेदेखि कारोबार सञ्चालन गरेको आइएमई लाइफ इन्स्योरेन्सले बजारमा जति खोज्दा पनि सोचेको जस्तो प्रमुख कार्यकारी अधिकृत पाउन सकेन र यो बिषय आइएमई लाइफ इन्स्योरेन्सको मात्र न-भएर समर्ग्र आइएमई समूहकै टाउको दुखाइ बन्न पुग्यो ।

Esewa
Crest

अर्को तिर बिगतमा नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत भएर बिमा क्षेत्रमा बिशिष्ट पहिचान बनाएका रमेश कुमार भट्टराई पनि आफ्नो नेतृत्वमा महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनको सपना अधुरो रहेपछि नया सम्भावनाको खोजिमा थिए। बजारमा नाम चलेको र काम गर्न सक्ने एक मात्र व्यक्तिको रुपमा रमेश कुमार भट्टराई देखेपछि आइएमर्इ समूहले भट्टराईलाई आइएमर्इ लाइफ इन्स्योरेन्सको नेतृत्व लिन औपचारिक/अनौपचारीक रुपमा अनुरोध गर्न थालेको बुझीएको छ, यो बिषयमा आइएमई लाइफ इन्स्योरेन्सका एक संचालक सग बुझ्दा, उनले घुमाउरो पारामा भने ‘योग्य मान्छे खोज्ने क्रममा अफर गरिएको हुन सक्छ तर संचालक समितिबाट निर्णय भने भएको छैन, यो बिषयमा बुझ्न रमेश कुमार भट्टराईलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । आइएमइ ग्रुप सम्बद एक अधिकारीका अनुसार भट्टराई सगको कुराकानी सकारात्मक छ, प्रमुख कार्यकारी अधिकृतबारे निर्णय छिट्टै हुन्छ, उनले भने प्रमुख कार्यकारी अधिकृत जुनसुकै व्यक्ति भए पनि आइएमर्इ लाइफ इन्स्योरेन्स अब लामो समय नेतृत्व बिहिन हुदैन ।

नेपालको बीमा क्षेत्रमा बिशिष्ट पहिचान बनाएका भट्टराईले यसअघि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र एशियन लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालन गरेका थिए । उनकै कारण एशियन र नेपाल लाईफ आजको दिनमा यो अवस्थासम्म पुगेको बताउने गरिन्छ ।

केहि समय अगाडी भट्टराई महालक्ष्मी बिकास बैकमा प्रमुुख कार्यकारी अधिकृत थिए तर महालक्ष्मी लाईफको प्रमुुख कार्यकारी अधिकृत हुनको लागि उनले महालक्ष्मी बिकास बैक छोडेका थिए । बीमा क्षेत्रमा बिशिष्ट पहिचान बनाएका भट्टराई जुन कम्पनीमा जानछन्, अरु कम्पनीहरुलाई ब्यबसाय गर्न हम्मे-हम्मे पर्ने बुझाई बिमा बिज्ञहरुको छ तसर्थ, रमेश कुमार भट्टराईले अब कुन बाटो समातछन् बिमा क्षेत्रमा ठुलो चासोको बिषय बनेको छ  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS