IME Life New

लकडाउन खुलेसँगै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार गर्न पाइने, सूचिकरणको प्रयास तीव्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ६० करोडको शेयर सूचिकरणको तयारी तीव्र पारेको छ । लकडाउन खुलेसँगै शेयर कारोबार गर्न मिल्ने गरी द्रूत गतिमा शेयर सूचिकरण सम्बन्धी काम भइरहेको पुनर्बीमा कम्पनीले जनाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले भने, ‘लकडाउन सकिएर पुँजि बजार खुल्दा नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार गर्न सकिने गरी काम गरिहेका छौं ।’ सिईओ रायमाझीका अनुसार सबै निकायबाट लकडाउनकै अवधीमा काम सम्पन्न भएमा लकडाउन खुल्दासम्म शेयर कारोबार गर्न पाउने गरी सूचिकरणको प्रयास भइरहेको छ । उनले भने, ‘कुनै कारणबाट कुनै निकायबाट रोकिएको अवस्थामा बाहेक लकडाउनपछि बजार खुल्दा पुनर्बीमा कम्पनीको शेयर कारोबार गर्न पाइनेछ ।’

Esewa
Crest

नेपाल पुनर्बीमा कम्पनीले गत चैत्र ४ देखि ७ गतेसम्म आवेदन मागेर एक करोड ६० लाख कित्ता प्राथमिक शेयर वितरण गरेको थियो । सो शेयर छिट्टै नेपाल स्टक एक्सचेन्जमा सूचिकरण हुने कम्पनीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS