IME Life New

प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद शेयर खुल्यो, सिआस्वा भएका सबै बैंकबाट भर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट एक कित्ता बराबर १.६ कित्ता भर्न पाउने गरी हकप्रद बिक्री खुला गरेको छ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँको दरमा ९७ लाख ६३ हजार २०० कित्ता हकप्रद बिक्री खुला गरेको जनाएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको हकप्रद बैशाख २ गतेसम्म बिक्री खुला हुनेछ।

Esewa
Crest

हकप्रद आवेदनकालागि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय तथा शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नारायणचौर र सिआस्वा सुविधा भएका सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाइने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसअवधिमा प्राइफको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ , मूल्य आम्दानी अनुपात ४५ रुपैयाँ ८२ पैसा, प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ५६ पैसा तथा प्रतिशेयर कुल सम्पत्तीको मूल्य १३१४ रुपैयाँ छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयरमूल्य ६५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS