IME Life New

पत्रकारलाई निशुल्क उपचार र बीमाको व्यवस्था गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं, ललितपुर र भक्तपुर शाखाले श्रमजीवी पत्रकारहरुको बीमा तथा निःशुल्क उपचार गर्न सरकारसँग माग गरेको छ । कोरोना महामारीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा आफ्नो काममा निरन्तता दिने सञ्चारकर्मीलाई विशेष बिमासहित निःशुल्क उपचार गर्न माग गरेको महासंघले जनाएको छ ।

लकडाउनको समयमा पत्रकारहरुलाई काम गर्न गाह्रो हुनुको साथै आर्थिक रुपमा पनि केही अप्ठायारो भएको भन्दै, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष सन्तराम बिडारी, ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेल र भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले सरकारसँग यस्तो माग गरेका हुन् ।

Esewa
Crest

नेपाल पत्रकार महासंघका तीन जिल्लाका अध्यक्षले यस्तो भयावह अवस्थामा सूचना प्रवाह गर्ने संचार माध्यम तथा पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन,विद्युतका साथै अत्यावश्क सेवाहरुमा सहुलियत दिन समेत सरकारसँग माग गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS