काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलवारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ जम्मा भएको छ ।
गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आग्रह गरेको थियो । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् ।सरकारले कोरोना संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरणका लागि यस रकम खर्च गर्नेछ ।