काठमाडौं । एनआईसी एशिया बैंकले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमा अन्तर्गत १५ लाख रुपैयाँ चेक मार्फत भुक्तानी गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम हस्तान्तरण गरेको हो । महेश अग्रवालले बैंकको चन्द्रगढी शाखामा सुपर चमत्कारिक निक्षेप योजनाअन्तर्गत ‘डायमण्ड’ श्रेणीको खाता वापत उक्त रकम प्राप्त गरेका हुन् ।