काठमाडौं । डोटीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई जना वृद्धाको बीमा गराएर स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री रावतले बीमा अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । हालसम्म सुदूरपश्चिमका ९ वटै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । स्वास्थ्य बीमा कार्यक्रम हालसम्म ४ सय ८८ स्थानीय तहमा विस्तार भइसकेको छ । यसअघि प्रदेशका अन्य जिल्लामा लागू भएको बीमा कार्यक्रममा हालसम्म कुल जनसख्याको १२ प्रतिशत मात्र आवद्ध भएका छन् ।
पछिल्लो जनगणना अनुसार प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेकोमा हालसम्म यस कार्यक्रममा २ लाख ४६ हजार २ सय ३ जना आबद्ध भएका छन् ।