IME Life

नेपाल सरकारको खातामा नौ अर्ब ६९ करोड अमेरिकी डलर, संचिती र शोधान्तरस्थितिमा सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत पुस मसान्तसम्मको देशको आर्थिक अवस्थाको चित्र सार्वजनिक गरेको छ । जस अनुसार देशको विदेशी विनिमय संचितिमा बृद्धि भएर सुधारको संकेत देखिएको छ । छ महिनामा विदेशी विनिमय संचिती पाँच प्रतिशतले बृद्धि भएको देखिएको छ । गत असारसम्म १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय संचिति पुससम्ममा १० खर्ब ९५ अर्ब ९८ करोड पुगेको छ । उल्लेखित संचिति मध्ये झण्डै ९० प्रतिशत भन्दा बढि अमेरिकी डलरमा रहेको छ । नेपालसँग नौ अर्ब ६९ करोड रहेको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

अहिले कायम रहेको विदेशी विनिमय संचितिले नौ दशमलव छ महिनाको वस्तु आयात र आठ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले आफ्नो वित्तीय विवरणमा उल्लेख गरेको छ ।

Prabhu
Crest

उता, देशको चालु खाता भने घाटामा गएको छ । पुस मसान्त सम्ममा ८४ अर्ब ७१ करोड घाटामा गएको तथ्याङ्कले देखाएको छ । पुससम्मको मुलुकको आर्थिक स्थितिमा चालु खाता घाटा ८४ अर्ब ७१ करोड पुगेको छ । त्यस्तै अर्को सूचक शोधनान्तर स्थितिमा भने सामान्य सुधार देखिएको छ । गएको पुससम्म शोधनान्तर स्थिति २६ अर्ब ६५ करोड बचत भएको छ । गत बर्षको पुसम्ममा यो स्थिति ६३ अर्ब ६९ करोडले घाटामा रहेको शोधनान्तर स्थिति यस पटक भने बचतमा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS