IME Life New

लक्ष्मी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता, अब लक्ष्मी बैंकले लगानी गरेका साना ऋणको बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकले लगानी गरेका साना तथा मझौला उद्यम, कृषि र लघु तथा बिपन्न कर्जाको बीमा हुने भएको छ। बैंकले यस्तो शीर्षकमा गरेको कर्जाको बीमा गर्ने बारे निक्षेप तथाकर्जा सुरक्षण कोषसँग सम्झौता गरेको हो।

सम्झौतामा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सोमबार हस्ताक्षर गरे। कोषले दुई लाखसम्मको निक्षेप सुरक्षणका अलावा सानो परिमाणमा दिइने विभिन्न शीर्षकको कर्जालाई बीमा गर्दै आएको छ।
कोषले कृषि कर्जा सुरक्षणको लागि प्राइम बैंकसँग पनि सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत मिश्रले जानकारी दिए। पछिल्लो समय बैंकहरुले लगानी गरेका साना तथा मझौला कर्जाको सुरक्षण गर्ने क्रम बढेको उनले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS