IME Life New

 विश्वका १० ठुला पूनर्बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले त्यसलाई वा जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ । पुनर्बीमा जोखिम हस्तान्तरण गर्ने कार्य हो । यसमा एउटा कम्पनीको जोखिम अर्को कम्पनीलाई हस्तान्तरण गरिन्छ । यहाँ २०१८ मा खुद प्रिमयिम संकलनको आधारमा विश्वमै ठुला पूनर्बीमा कम्पनीहरुको अध्धयन गरिएको छ ।

स्वीटजरल्याडस्थित स्वीस रि इन्स्योरेन्स कम्पनीले ३६ दशमलव ४१ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरी वर्ष २०१८ को विश्वको सभैभन्दा धेरै प्रिमियम संकलन गर्ने पूनर्बीमा कम्पनी भएको छ। त्यस्तै, म्यूनिक रि इन्स्योरेन्स कम्पनीले वर्ष २०१८ मा ३५ दशमलव ८१ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन विश्वको दास्रो ठुलो पूनर्बीमा कम्पनी बन्न सफल भएको छ । वर्ष २०१८ मा खुद प्रिमियम संकलनको अधारमा तेस्रो ठुलो पूनर्बीमा कम्पनी हानओभर रुइक सि, चौथो स्कोर सि, पाँचौ बक्सर हाथवे रि, छैठौँ  लियोडस, सातौँ चाइना रि इन्स्योरेन्स ग्रुप, आठौँ रि इन्स्योरेन्स ग्रुप अफ अमेरिका , नवौँ ग्रेट वेष्ट लाइफ र दशौँ कोरिया रि इन्स्योरेन्स कम्पनी रहेको छन्।

Esewa
Crest


स्वीस रि इन्स्योरेन्स कम्पनी
स्वीजरल्याण्डमा अवस्थित स्वीस रि इन्स्योरेन्स कम्पनी खुद प्रिमियम संकलनको आधारमा विश्व कै सबैभन्दा ठुलो पूनर्बीमा कम्पनी हो । उक्त कम्पनीले २०१८ मा ३६ दशमलव ४१ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

म्यूनिक रि इन्स्योरेन्स कम्पनी
जर्मनिमा रहेको म्यूनिक रि इन्स्योरेन्स कम्पनी अर्को ठुलो पूनर्बीमा कम्पनी हो । म्यूनिकले २०१८ मा ३५ दशमलव ८१ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

हानओभर रुइक सि
जर्मनीको हानओभर रुइक सि खुद प्रिमियमका आधारमा तेस्रो ठुलो पूनर्बीमा कम्पनी हो हानओभर रुइक सिले २०१८ मा २१ दशमलव ९५ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

स्कोर सि
फ्रान्सको स्कोर सि अर्को चौथो ठुलो पूनर्बीमा कम्पनी हो । स्कोर सिले २०१८ मा १७ दशमलव ४७ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

बक्सर हाथवे रि
संयुक्त राज्य अमेरिकाको बक्सर हाथेवे रि ले २०१८ मा १५ दशमलव ३८ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

लियोडस
संयुक्त अधिराज्यको लियोडजले २०१८ मा १४ दशमलव ०६ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

चाइना रि इन्स्योरेन्स ग्रुप
चाइना रि इन्स्योरेन्स ग्रुपले २०१८ मा ११ दशमलव ५६ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

रि इन्स्योरेन्स ग्रुप अफ अमेरिका
रि इन्स्योरेन्स ग्रुप अफ अमेरिकाले २०१८ मा ११ दशमलव ३४ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।
ग्रेट वेष्ट लाइफ
संयुक्त राज्य अमेरिकाको ग्रट वेष्ट लाइफले २०१८ मा ७ दशमलव ७४ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

कोरिया रि इन्स्योरेन्स कम्पनी
कोरिया रि इन्स्योरेन्स कम्पनीले २०१८ मा ६ दशमलव ८ विलियन अमेरिकि डलर खुद प्रिमियम संकलन गरेको थियो ।

तथ्याङ्क स्रोत :statista

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS