IME Life New

बीमा कम्पनीहरुमा दक्ष कर्मचारीको अभाव चर्कदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालनमा रहेका बीमा कम्पनीहरुमा दक्ष कर्मचारीहरुको अभाव बढ्दै गएको गुनासो बढ्न थालेको छ । निर्जिवन तथा जीवन बीमा दुवै प्रकारका कम्पनीका माथिल्लो तहमा कार्यरत उच्च अधिकारीहरुले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव चर्कदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले भने, ‘बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव चर्कदो छ ।’ सिईओ भट्टराईका अनुसार बीमा क्षेत्रमा काम गर्न चाहने युवाहरु धेरैभए पनि प्रतिस्पर्धी बजारमा खटेर नतिजा दिनसक्ने दक्ष जनशक्ति भने अभाव नै छ । अर्का जीवन बीमा कम्पनीका एक मानव संशाधन प्रमुखले अनौपचारिक कुराकानीमा भने, ‘बजारमा छानेर लिन सकिने जनशक्ति नै छैन, बीमा कम्पनीको ध्यान अर्को कम्पनीको कर्मचारी तान्नमै छ ।’

Esewa
Crest

उता, सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल बीमक संघका सचिव चंकी क्षेत्री भने ‘बीमा कम्पनीहरुको बजारमा काम गर्ने मानिसको अभाव छ, ५० जना कर्मचारीबाट छनौट गर्दा २–३ जना मात्रै उत्पादन भइरहेको छ ।’ सिईओ क्षेत्री अण्डरराईटिङमा कर्मचारी व्यवस्थापन केही सजिलो भएपनि क्लेम तथा मार्केटिङ्मा चर्को कर्मचारी अभाव बढेको स्वीकार गर्दछन् ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा कूल दुई हजार सात सय ५९ वटा शाखा कार्यालयहरु रहेका छन् । बीमा समितिको नियम अनुसार शाखा कार्यालयमा बढिमा तीन जना कर्मचारी आवश्यक पर्दछ भने उपशाखा कार्यालयमा दुई जना कर्मचारी राख्नुपर्नेछ । ३९ वटा बीमा कम्पनीको केन्द्रीय कार्यालयसहितमा कूल १० हजारभन्दा बढि कर्मचारी कार्यरत रहेका छन् ।

सो मात्रामा कर्मचारी मध्ये मार्केटिङ तथा दावी भुक्तानी विभागमा कर्मचारीको अभाव रहेको बीमा कम्पनीका उच्च अधिकारीहरुको गुनासो छ । बजारमा दक्ष जनशक्तिको अभाव बढ्दै गएसँगै सञ्चालनमै रहेका कर्मचारीहरु नै अर्को प्रतिस्पर्धी कम्पनीमा एक तह बढुवा खोज्दै कम्पनी छोड्ने क्रम बढ्दो छ । कर्मचारीहरुले कम्पनी छोड्ने क्रम बढेपछि गत असोज ३ गतेदेखि बीमक संघले लागू गरेको आचार संहितामा माथिल्लो तहको कर्मचारीको लागि एक महिनाको कुलिङ पिरियड लगाएको थियो ।

त्यसो त बीमाको लागि मार्केटिङमा काम गर्न आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न भूमिका निर्वाह गर्दै आएको त्रिभुवन विश्व विद्यालय अन्तर्गतको आंगिक क्याम्पसमा प्राध्यापन गर्दै आएका गणेश खड्काले मार्केटिङ् क्षेत्रमा काम गर्दा लाज मान्ने, संकोच मान्ने संस्कृतिका कारण समस्या रहँदै आएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS