काठमाडौं । कृषि विकास बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ।उक्त ऋणपत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआई विएल एस क्यापिटल विच सम्झौता भै आवश्यक प्रक्रिया अगाडी बढी सकेको बैंकले जनाएको छ ।
“एडिविएल कृषि विकास बैंक २०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०।३५ प्रतिशत व्याजदर उपलब्ध गराउने बैंकले जनाएको छ ।
ऋणपत्र जारी गर्नका लागि बैंकले नेपाल राष्ट्र बैंक र अन्य नियामक निकायबाट आवश्यक स्वीकृत प्राप्त भइसकेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।