IME Life New

बहुप्रतीक्षित माथिल्लो तामाकोशीको साधारण सेयर (आईपीओ) निस्कासन प्रक्रिया अन्तिम चरणमा,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, फाल्गुन २०। माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि दुई अर्ब ६३ लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारि गर्ने भएको छ। सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र त्यसपछि सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो ।

आइपीओ निष्काशनका लागि कम्पनिले धितोपत्र बोर्डबाट प्रतिक्रिया समेत पाईसकेको छ। धितोपत्र बोर्डले मागेको सम्पूर्ण कागजात बुझाएर चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठले बताएका छन।

Esewa
Crest

श्रेष्ठका अनुसार बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरिएको छ। आयोजना प्रभावितलाई कूल पूँजीको १० प्रतिशत र सर्वसाधारणमा १५ प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ।

अर्थात स्थानीयले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर जारि हुनेछ भने सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री हुनेछ। कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन् ।

आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ ।

आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण शेयर २०७५ साल जेष्ठमहिना पछि मात्र नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुने छ । आयोजना प्रभावित स्थानियको हकमा ३ वर्ष को कुलिङ पिरियड लाग्ने छ भने आयोजना प्रभावित स्थानिय बिक्रि भएपछि मात्रै लाई सर्वसाधारण लाई छुट्याइएको आइपिओ बिक्री गरिने छ ।

शेयर भर्न सीआरएन नम्बर अनिवार्य
सार्वजनिक निष्काशनमा फागुन ११ देखि नै सी-आस्बा अनिवार्य गरिएकाले माथिल्लो तामाकोशीको आइपीओ भर्न चाहनेसंग सीआरएन नम्बर अनिवार्य रुपमा हुनुपर्नेछ। अहिलेसम्म ६१ बैंक वित्तीय संस्थाले सी-आस्बा सेवा दिन अनुमति लिएका छन। त्यसैले यी ६१ संस्था मध्ये जुनैमा तपाईको बैंक खाता छ भने त्यहाँ गएर तपाईले एक आबेदन फर्म भरेर सीआरएन नम्बर पाउनुहुनेछ।

यदि तपाईले अनलाइन मार्फत नै आबेदन दिन चाहनुहुन्छ भने तपाईले सीडीएससीको ‘मेरो सेयर’ सेवा लिनुपर्ने हुन्छ। त्यसका लागि सी आस्बामा आबद्ध बैंक वित्तीय संस्थाबाट एक फर्म भरेर युजर नेम र पासवर्ड लिनुपर्नेहुन्छ र सोहि युजर नेम र पासवर्डको प्रयोगबाट मेरो शेयर मार्फत अनलाइन बाट नै सार्वजनिक निष्काशनका शेयर (आइपीओं, हकप्रद, एफपीओ) मा आबेदन दिन पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS