IME Life New

राष्ट्र बैंकको सिको गर्दै बिमा समिति, बिमा कम्पनीका सीइओका लागि कुलिङ पिरियड तोक्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ फाल्गुन २०। बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुका लागि समेत कुलिङ पिरियड तोकिने भएको छ । बिमा समितिले ‘बिमक संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३’ मा संसोधन गरी बैंक तथा बित्तीय संस्थामा जस्तै बिमा कम्पनीका सीइओहरुका लागि समेत ६ महिने कुलिङ पिरियड तोक्ने तयारी गरेको हो ।

बिमा समितिस्थित उच्चस्रोतका अनुसार निर्देशिका संसोधनका लागि अन्तिम तयारी भइरहेको छ । संसोधनपछि एउटा बिमा कम्पनीमा सीइओ भएको व्यक्तिले त्यहाँ छाडेको ६ महिनासम्म अर्को कम्पनीमा सोही पदमा रही काम गर्न पाउने छैन ।

Esewa
Crest

बिमा कम्पनीहरुको संख्या बढेसँगै दक्ष जनशक्तिको तानातान भई कर्मचारीमा सुशासनको अभाव देखिएको र विकृति बढेको भन्दै बिमा समितिका अधिकारीहरुबीच सीइओहरुसहित उच्च पदस्थ कर्मचारीका लागि समेत कुलिङ पिरियड तोक्नुुपर्ने बहस भइरहेको छ । संचालकहरुका लागि समेत  कुलिङ पिरियड तोक्नुपर्ने छलफल भइरहेको बताइएको छ ।

बिमा समितिले नेपाल राष्ट्रबैंककै पद्चाप पछ्याउँदै ६ महिने कुलिङ पिरियडको व्यवस्था गर्न लागे पनि अधिकांश बिमा कम्पनीका सीइओहरुले भने बिमा क्षेत्रका लागि ६ महिने कुलिङ पिरियडको व्यवस्था सुहाउँदो नहुने सुुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS