काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड (१ ले गत आवको नाफाबाट इकाइधनीहरुको लागि ६ दशमलव ५ प्रतिशत (कर सहित) का दरले नगद प्रतिफल वितरण गर्ने भएको छ ।
सो नगद प्रतिफल वितरण प्रयोजनको लागि योजनाको शेयरधनी दर्ता पुस्तिका असोज ७ गते बन्द हुने भएको छ ।
योजनाको प्रतिफल असोज ६ गतेसम्मका कायम इकाईधनीहरुले पाउनेछन् । योजनाको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।