काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से १७ शदमलव ८७ अंकले घटेर १,१४० दशमलव ०१ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ६६ अंकले घटेको छ ।
दिनभरिमा १ सय ६२ कम्पनीको १० लाख ९० हजार २ सय १८ कित्ता शेयर किनबेच हुँदा २८ करोड ८० लाख ९९ हजार ९ सय १२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंकको १ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । सानिमा बैंकको १ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्ट, लक्ष्मी बैंक र मेगा बैंकको ९० लाखमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै रिलायन्स फाइनान्सका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् भने गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् ।