IME Life New

प्रिमियर इन्स्योरेन्सले ७१.२३ प्रतिशत बोनश शेयर दिनुपर्ने, यस्तो छ आ.व. २०७४।७५ सम्मको वित्तिय अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाइ रु. एक अर्ब चुक्ता पूंजी पुर्याउन निर्देशन दिएको थियो। यसै क्रममा प्रिमियर इन्स्योरेन्स कम्पनीको हालको चुक्ता पूंजी रु अन्ठाउन्न करोड चालिस लाख रहेको छ। एक अर्ब चुक्ता पूंजी पुग्न रु एकचालीस करोड साठ्ठी लाख अपुग छ त्यो भनेको हालको चुक्ता पूँजीमा ७१.२३ प्रतिशत कम हो। त्यसैले अब कम्पनीले हकप्रद शेयर बिक्रि नगर्दा ७१.२३ प्रतिशत बोनस शेयर दिनुपर्नेछ।

कम्पनीको जगेडा तथा कोष छैसठ्ठी करोड छब्बिस लाख उनानसत्तरी हजार रहेको छ। बीमा कोष एकचालीस करोड तीस लाख नब्बे हजार रहेको छ।  खूुद नाफा आ.व. २०७४।७५ को चौथो त्रैमाससम्म उन्नाइस करोड बाइस लाख तेहिस हजार रहेको छ।

Esewa
Crest

बीमा शुल्कखूद एकासी करोड बयासी लाख एकचालीस हजार रहेको छ भने बीमा शुल्क कुल एक अर्ब चौवन्न करोड अठसाठ्ठी लाख सत्ताइस हजार, जारी बीमालेखको संख्या एक लाख सन्तानब्बे हजार अठहत्तर वटा ,नविकरण गरिएको बीमालेखको संख्या बाह्र सय छयानब्बे, कुल दाबी भुत्तानी रकम एक अर्ब अठ्ठाइस करोड छतीस लाख छब्बिस हजार, कुल दाबी भुत्तानी संख्या तीन हजार छ सय नब्बे, भुत्तानी हुन बाँकी दाबी रकम एक अर्ब तीन करोड सत्र लाख, भुत्तानी हुन बाँकी दाबी संख्या तीन हजार सात सय बाइस रहेको छ।

कम्पनीको प्रति शेयर आम्दानी रु. ३२.९१ रहेको छ भने  मूल्य आम्दानी अनुपात ३२.३६ गुणा र प्रति शेयर नेटवर्थ रु. २९०.६० रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS