IME Life New

राष्ट्रिय बीमा कम्पनी नाफाको आधारमा अग्रस्थानमा, अन्यको वित्तिय अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुमध्ये १८ बीमा कम्पनीले गत बर्षको असार मसान्तसम्मको वित्तिय विवरण सावजनिक गरिसकेका छन् ।

२० निर्जिवन बीमा कम्पनीहरुमध्ये नेशनल इन्स्योरेन्स कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले हालसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

Esewa
Crest

गत आर्थिक वर्षसम्ममा १८ निर्जिवन बीमा कम्पनीले तीन अर्ब ९७ करोड २५ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले असार मसान्तसम्मा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक बर्ष २०७५।७६ को चौथौ त्रैमाससम्ममा कम्पनीले ७८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ४७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा ३४ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यसैगरि सगरमाथा इन्स्योरेन्सले २७ करोड ६५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २६ करोड ६२ लाख रुपैयाँ , लुम्बिनी जनरल इन्स्योरेन्सले २५ करोड ९८ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्ले २४ करोड ५६लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २१ करोड ४३ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्यारेन्सले १९ करोड ८५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १८ करोड ५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्ल १७ करोड ४२ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सले १७ करोड १२ लाख रुपैयाँ र पु्रडेन्सियल इन्स्योरेन्सले १३ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् ।

करोडमा खुद मुनाफा आर्जन गर्न कम्पनीहरु

आर्थिक बर्ष २०७५।७६ को असारमसान्तसम्ममा आईपुग्दा १८ निर्जिवन बीमा कम्पनीहरुमध्ये पाँच निर्जिवन बीमा कम्पनीहरुले करोडमा खुद मुनाफा  आर्जन गरेका छन् ।

युनाईटेड इन्स्योरेन्सले असार मसान्तसम्ममा ८ करोड २१ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ६ करोड ८ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ३ करोड ६७ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ३ करोड ६२ लाख रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।

नोट : निर्जीवन बीमा कम्पनीहरुको मुनाफाको निर्धारण लेखा परिक्षणको क्रममा बीमाङ्कीय मूल्याङ्कनको आधारमा हुने गर्दछ । हाल कम्पनीहरुले प्रकाशन गरेको नाफा बीमाङ्कीय मूल्याङ्कन पश्चात् परिर्वतन हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS