IME Life New

तरलता अभाबले असर गरेन आरम्भ माइक्रोफाइनान्सको आइपिओमा, दुई दिनमै १० गुणा बढी आवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन १८। आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा दुई दिनमै १० गुणाभन्दा बढीको आवेदन परेको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बुधबार र बिहीबार मात्र ४४ हजार तीन सय ९३ आवेदकबाट २८ करोड दुई लाख ९२ हजार रुपैयाँ बराबरको २८ लाख दुई हजार कित्ताकालागि आवेदन परेको छ। यो संख्या माग गरिए भन्दा १० गुणाले बढी हो।

Esewa
Crest

गत फागुन १५ गते बुधबारदेखि कम्पनीले २ लाख ९४ हजार कित्तामध्ये ८ हजार ८२० कित्ता कर्मचारीकालागि र १४ हजार ७०० कित्ता सामुहिक लगानी कोषकालागि सुरक्षित गरेर बाँकी रहेको २ लाख ७० हजार ४८० कित्ता प्राथमिक शेयर सर्वसाधारणकालागि बिक्री खुला गरेको छ।

संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा प्रति कित्ता १०० रुपैयाँका दरले छिटोमा फागुन २१ गते सोमबार र ढिलोमा २९ गतेमम्म सर्वसाधारणले आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ।

सर्वसाधारणले दरखास्त आवेदन दिँदा न्युनतम ५० कित्ता र अधिकतम १ हजार कित्तासम्मकालागि आवेदन दिन सक्छन्। गत फागुन ११ गते देखि सी-आस्बा अनिवार्य भएकोले सि-आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयरमा आवेदन दिन सकिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS