IME Life New

तीन बीमा कम्पनीले महाविपत्ति कोषमा रकम जम्मा गरेनन्, कारवाही के हुन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले प्रत्येक बर्षको नाफा नोक्सान हिसाबको बाडफाड रकमको १० प्रतिशत रकम महाविपत्ति जगेडा कोषमा व्यवस्था गरि लेखापरिक्षण गर्नुपर्ने बीमा समितिको नियम छ । तर संचालनमा रहेका तीनवटा निर्जिवन बीमा कम्पनीहरुले अहिलेसम्म महाविपत्ति कोषमा कुनै पनि रकम व्यवस्था गरेका छैनन् । अथात् उनीहरुको महाविपत्ति कोष शून्य छ । ठूला प्राकृतिक विपतिहरु आउदा खर्च गर्न महाविपत्ति कोषमा बीमा कम्पनीहरुले रकम जम्मा गर्न अन्तराष्ट्रिय अभ्यास समेत हो ।

नेपालमा संचालित आईएमई जनरल इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७५l०७६ को वित्तीय विवरणमा महाविपत्ति कोषमा दाखिला रकम शून्य छ ।

Esewa
Crest

स्रोत : बीमा समिति
बीमा नियम अनुसार महाविपत्ति कोषमा प्रत्येक वर्षको १० प्रतिशत मुनाफा जम्मा गर्नुपर्दछ । बीमा नियमको उल्लंघन हुँदा समेत बीमा समितिले कुनै कार्वाही गर्न सकेको छैन ।

बीमा समितिले गरेको व्यवस्था अनुसार कम्पनीहरुले नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गराउनुपर्नेछ । प्रस्तावित बीमा ऐनमा बीमा कम्पनीहरुले महाविपत्ती कोषको व्यवस्था गरिएको छ ।बीमा समितिले भूकम्प अघि नै नाफाको १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नुपर्ने निर्देशन समेत दिएको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘निर्जिवन बीमा कम्पनीहरुलाई नाफाको १० प्रतिशत महाविपत्ति जगेडामा जम्मा गराउनुपर्ने निर्देशन हामीले दिइसकेका छौं, त्यो निर्देशनको पालना सबै बीमा कम्पनीले गर्नुपर्दछ ।’

जोखिम बहन गर्न कम्पनीहरु बलियो होऊन भन्ने उद्देश्यले त्यस्तो कोषको व्यवस्था गरिएको समितिको भनाई छ । भोलि कुनै विपत आएको खण्डमा उपयोगी हुने हेतुले महाविपत्ति जगेडा कोषकोको सुरुवात गरेको कार्यकारी निर्देशक पौडेलले बताए ।

महाबिपत्ति कोषमा रकम जम्मा नगर्नेमाथि कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा बीमा समितिसँग कुनै जवाफ छैन ।

केही अघिसम्म महाविपत्ति कोषमा रकम जम्मा नगर्नेहरुको सूचिमा पाँच वटा कम्पनी थिए । इन्स्योरेन्स खवरले सो सम्बन्धी समाचार प्रकाशित गरेपछि गत आर्थिक वर्षको वित्तीय विवरणमा प्रुडेन्सियल र हिमालयन जनरल इन्स्यारेन्सले महाविपत्ति कोषमा रकम जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS