काठमाडौं । साताको पहिलो दिन शेयर बजार झन्डै दोहोरो अंकले घटेको छ । नेप्से ९ दशमलव २० अंकले १,२१४ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आज म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह ८७ अंकले घटेको छ ।
दिनभरिमा १ सय ६० कमपनीको ११ लाख १ हजार ७ सय ७६ कित्ता शेयर ७ हजार ७ सय १ पटक खरिद विक्री हुँदा ३२ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआइसी एशियाको २ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी रसुवागडीको १ करोड ७० लाख, नेपाल बैंकको १ करोड ७० लाख, कृषि विकास बैंकको १ करोड ५९ लाख, सिवम् सिमेन्टको १ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंक, नबिल बैंक, साञ्जेन जलविद्युत र नेपाल बैंकको ९० लाखभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने गुराँस लघुवित्तका लगाचनीकर्ताल सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।