काठमाडौं । आर्थिक वर्ष २०७५ /७६ को लाभांश घोषणा गर्नेमा गुराँस लघु्वित्त दोस्रो कम्पनी बनेको छ । गुराँस लघु्वित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ८ शदमलव ३८७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीको साउन २९ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट ८ दशमलव ३८७ प्रतिशत बोनश दिने प्रस्ताव गरेको हो ।
साथै, लघुवित्त कम्पनीले बोनशमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ४४१ प्रतिशत नगद लाभांश पनि दिने जनाएको छ ।
कम्पनीको प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीले पाउने छन् ।