काठमाडौं । प्रदेश नं २ सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनको अवसर पारेर प्रदेश २ सरकारले बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
प्रदेश २ सरकारले बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ । सार्वजनिक बिदाका कारण भोलि प्रदेश २ मा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीहरुका सो क्षेत्रमा पर्ने शाखा कार्यालयहरु समेत बन्द हुने जनाइएको छ ।