IME Life New

औसत लागत गणना विधि सच्याउन अर्थमन्त्रालय तयार, बुधबार निर्णायक छलफल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।
शेयर लगानीकर्ताहरुले चर्को विरोध गरिरहेको भारित औषत लागत गणना विधिको त्रुटी सच्याउन अर्थमन्त्रालयले अग्रसरता लिएको छ । सिडिएससीले गणना गर्दा त्रुटीपूर्ण तरिकाले गणना गरेपछि देशैभरिका शेयरलगानीकर्ताहरुले चर्को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । अर्थ मन्त्रालयका सचिव लाल शंकर घिमिरेसँग शेयर लगानीकर्ताहरुले छलफल गरेपछि औषत लागत विधि हटाउने सम्बन्धमा सर्व पक्षिय छलफल गर्ने सहमति भएको छ ।

सोमबार शेयर लगानीकर्ताहरु अर्थमन्त्रालयमा ज्ञापनपत्र बुझाउन पुगेका थिए । लगानीकर्ताहरुसँग गरेको छलफलमा शेयर लगानीकर्ताहरुले उठाएको आवाजको सम्बोधन गर्न आगामी बुधबार नियमनकारी निकाय र सरोकारवालाहरुलाई छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । शेयर कारोबारमा भारित औसत लागत विधिमा उत्पन्न समस्या अन्त्यका लागि अर्थमन्त्रालयका अधिकारीहरु सकारात्मक देखिएको बैठकमा सहभागी एक शेयरलगानीकर्ताले इन्स्योरेन्स खवरलाई बताए ।

Crest

दोस्रो बजारमा खरिद गरिएको शेयर बिक्री गर्दा लाभकर गणनाको विधिको आधारमूल्यका विषयमा आन्तरिक राजश्व, धितोपत्र र शेयर लगानीकर्ताबीच सहमति हुन नसकी विवाद उत्पन्न भएको थियो । सरकारले शेयरलगानीकर्ताहरुलाई पुरानो शेयर खरिदको बिल खोजेर हैरान पारेपछि शेयर लगानीकर्ताहरु आक्रोसित बनेका थिए । सोमबारको छलफलपछि अर्थमन्त्रालयले उक्त समस्या हल गर्ने प्रयास गरेको हो ।

बुधबार ११ बजे अर्थमन्त्रालयमा सरकारी अधिकारी, सरोकारवालाहरुलाई छलफलका लागि बोलाएको नेपाल पुँजि बजार संघकी अध्यक्ष संरक्षणा चौधरीले बताईन् । सोमबार मन्त्रालयमा पुगेका लगानीकर्ताहरुको टोलीसँग अर्थमन्त्रालयका अधिकारीहरुले भारित औषत लागत गणना विधिमा उत्पन्न समस्या हल गर्न सरकार तयार रहेको जानकारी लगानीकर्ताहरुलाई दिएका थिए ।

संघकी अध्यक्ष संरक्षणा चौधरीले बुधबार आन्तरिक राजश्व विभाग, सिडिएससी, सेबोन, ब्रोकर संघ र लगानीकर्ताहरुबीच निर्णायक छलफल हुने जानकारी दिईन् । उनले भनिन्, ‘सोमबारको छलफलमा सर्वपक्षिय छलफलमार्फत औषत भारित गणना विधिको हल निकाल्ने, टुङ्ग्याउनु पर्यो भन्ने विषयमा छलफल भयो । शेयर खरिदको मूल्य स्वघोषणा गर्दा ल्याप्चे लगाउने हटाउने पक्षमा राजश्व सचिवले प्रतिबद्धता व्यक्त गर्नुभएको छ, समस्या हल हुनेछ भन्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS