बि.स. २०१६ सालसम्म नेपालमा बीमाको संगठित अभ्यास सुरु हुन लागेको थियो । एक–दुईवटा राम्रा स्वदेशी र देश बाहिरका कम्पनीहरु चल्दै आएका थिए । त्यही समयमा बीमामा एउटा युगान्तकारि नाम जन्मियो कृष्ण बहादुर बस्यान्त अर्थात केबी बस्नेत । उति बेलै उनले तत्कालीन नेपाली अर्थशास्त्री एवं अर्थमन्त्री सुवर्ण शम्शेर जवरा संग लबिङ्ग गरेर ओरिएण्टल ईन्स्योरेन्सको स्थापना गरे जुन कम्पनी अहिले पनि सञ्चालनमा रहेको छ ।
कुन राज्य बयवस्था अवलम्वन गर्ने भन्ने अन्योल कायम रहेको त्यो बेलामा एउटा आम मानिसले निजि क्षेत्रको अझ भन्दा बिदेशी कम्पनी नेपालमा ल्याएर स्थापना गर्नु चान्चुने कुरा थिएन् । त्यतिखेर देखि नै केबी माथि बिदेशले हेर्ने चलन बिशिष्ट रहने गरेको । त्यसपछिको समयमा राष्ट्रिय बीमा संस्थान आयो तर केबी संस्थानमा अटाएनन् । सोही पछि बीमा समिति बन्यो र त्यसमा पनि केबी अटाएनन् । बेला–बेलामा सरकारका बीमा र सो सम्बन्धी धेरै समिति र प्यानलहरु बने फेरि पनि केबि बस्नेत छुट्दै गए अर्थात उनलाई छुटाउदै लगियो । तर, सरकारले उनलाई छुटाएपनि नेपाली बीमा बजारका लागि उनले खनेको बीमा राजमार्गमा निरन्तर, केवल निरन्तर हिडिरहे । हिड्दै जादा उनले श्रृलंकाको सिलिन्को बीमा कम्पनीसंग मिलेर सयुंक्त लगानीमा सगरमाथा ईन्स्योरेन्सको स्थापना गरे र जुन अहिले पनि मौलिक ढर्राको ब्यवसाय गरेर अघि बढि रहेको कम्पनी हो ।
यो लेख्दै गर्दा केबी बस्नेतको परिचय खुलाएर ईश्वरीकरण गर्न खोजेको किमार्थ होईन् र मात्रै के कुरामा जोड दिएको हो भने बीमाको बिकास भएन भनेर चिन्ता गर्ने तर बीमा प्रतिभाहरुलाई नजर अन्दाज गर्ने रितले नै बीमा क्षेत्र प्रतिष्पर्धी र पार दर्शि बन्न नसकेको हो । हाल सम्म बीमा समितिमा सात जना अध्यक्ष भई सकेका छन । यद्यपी बीमाको चिन्तन र बीमा क्षेत्रको चिन्ता लिने ब्यक्ति अध्यक्ष बन्न सकेनन् । बीमा जपेर जसले श्रीमतीको पाँउमा पाउजु र छोराछोरीको मुखमा माण लाएका छन नी, हो उनीहरु बीमा समितिको अध्यक्ष बन्न सकेनन । यसो ईतिहास हेर्दा यस्तो लाग्छ बीमा समिति राष्ट्र बैंकका रिटायर्ड कर्मचारि ब्यवस्थान गर्ने निकाय मात्रै हो । डा. प्रफुल्ल कुमार काफ्लेले अन्तर्राष्ट्रिय मुद्राकोष र अमेरिकि विश्वबिद्यालयमा समेत काम गरे र नेपालमा सेन्चुरि बैंक सञ्चालन गरे तर बीमा समिति छोडेको दिन देखि उनले कहिल्यै बीमा उच्चारण गरेको आम मानिसले सुनेका छैनन् । अर्का अध्यक्ष नारायण सिलवालले कलम चलाउदै गर्दा बीमा लेख्ने जाँगर उनमा कहिल्यै चलेन ।
बीमा समिति छोडे पछि देबेन्द्र प्रताप शाह नेपाल बैंकमा सिइओ बने तर उनले कहिल्यै बीमा उच्चारण गर्ने चेष्टा गरेनन् । साच्चिकै उनी बीमा चिन्तन बोकेर अध्यक्ष भएका हुदा हुन त उनले अरु केहि गर्न नसके पनि नेपाल बैंकमा बैंकासुरेन्सको ब्यापार गर्न सक्थे। बीमा समितिको अध्यक्ष भईसकेको ब्यक्ति एउटा वाणिज्य बैंकमा जानुपर्ने आवश्यकता के थियो भन्ने त उनैलाई थाहा होला । बीमा के हो भन्ने हेक्का समेत नराख्ने सुगतरत्न कंसाकारहरु समितिका आजीवन सदस्य बन्दै आएका छन् ।
नेपालमा मात्रै होईन अन्य देश र निकायहरुमा अक्सर प्रतिभाहरुलाई अवसरको अंगालोबाट अलग्याईन्छ । मनिला र टोक्योका दिग्गज बीमा हस्तिहरु छोडेर अरुप चटर्जिलाई एडिबिमा बीमा बिज्ञ बनाईएको छ। ईतिहास बोकेका बीमाबीदहरु वालस्ट्रीटमा बाझ्दै गर्दा क्विन म्याक्सिमाहरु युनमा बीमाको बहस गर्दै छन् ।
कहिले युवाको नाममा अग्रज विद्वानहरु काम गर्ने ठाउसम्म पुग्न सक्दैनन् त कहिले जाती हेरेर, छाती हेरेर, गालामा रस हेरेर, सदस्यता नम्वर खोजेर वा क्षेत्रियता पहिचान गरेर प्रतिभाहरु छुट्दै आएका छन् । बीमा समितिमा आज सम्म अध्यक्ष बनेकाहरु कसरि बने र बन्न हुदैन्थ्यो भन्ने होईन, सिर्फ केबि बस्नेत र डा. अनिलराज भट्टराईहरु किन अध्यक्ष बन्न पाएनन् भन्ने मात्रै हो । सिर्फ मात्र सिर्फ नेपाली बीमा बजारको लाज बचाउन सक्ने उनीहरु किन अध्यक्ष बन्न बाट रोकिए भन्ने मात्रै हो ।
राम्रा काम गरि पो हाल्छ कि भनेर डा. अनिल राज भट्टराईलाई बीमा समितिको कार्यकारि निर्देशक बनेर सम्पुर्ण समय काम गर्नै दिएन्न् र उनी बीमा समिति छोड्न बाध्य भए । केबिले जन्माएका बीमा ब्यवसायीहरु थुप्रै छन् । उनैले बीमा सिकाएकाहरु बीमा समितिमा गईसकेपछि उनैलाई सगरमाथा ईन्स्योरेन्सको सिईओबाट हटाउन उमेर हदबन्दीको ब्यवस्था भयो । तथापी, संस्थागत शुशासनको हिसावले यो निर्देशिका राम्रै मानियो । बिरेन्द्र बैदवारजस्ता आश लाग्दा बीमा हाकिमहरुलाई सिईओ बन्नबाट रोक्न योग्यता सम्बन्धी ब्यवस्था बनाईयो तर, अहिले सो ब्यवस्था परिमार्जित भयो । प्रतिष्पर्धाको हिसावले यो ब्यवस्था पनि ओके नै थियो । कहिलेकाही कस्तो हुन्छ भने निर्णयहरु अपेक्षित र स्वागतयोग्य नै भए भनेपनि ति निर्णय गराउने प्रक्रिया र निर्णय प्रक्रियामा संलग्न ब्यक्तिको ब्यक्तिगत द्वैश र बैमनस्यताले गर्दा उक्त निर्णय माथि प्रश्न उठाउन मन लाग्छ ।
जस्तो चुरोटको प्रचार प्रसार गर्न नपाउने निर्णय जनस्वास्थ्यको दृष्टिकोणले साह्रै राम्रो निर्णय हो । तर, त्यो निर्णय गराउन हेटौडामा रहेको एउटा चुरोट कम्पनीले ठुलै मेहेनत गरेको थियो किनभने प्रचार प्रसार गर्न नदिएर नयाँ कम्पनीहरुलाई अप्ठयारो बनाउने र आफ्नो मात्रै नाम चलेका ब्राण्डहरुको बजार विस्तार गर्ने मात्रै उसको ध्याउन्न थियो । हो, ठिक यस्तै माथि उल्लेखित ब्यवस्था स्वागतयोग्य नै भएपनि सो ब्यवस्था गर्नुको मुख्य कारण केबी बस्नेत र बिरेन्द्र बैदवारलाई निस्तेजपार्न नै ल्याईएका थिए ।
अस्ती मात्रै बीमा प्रशिक्षण संस्थाको जोडदार उदघाटन भयो र यसपाली पनि डा. अनिलजस्ता बीमा बिज्ञ त्यसमा अटाएनन् । बीमा समितिमा बर्षौ सम्म सल्लाहकार भएका भोजराज शर्मा फेरि त्यसको नेतृत्वमा पुगे । उनी बरिष्ठ बीमाबिद हुन तर, उनी टेस्टेड ब्यक्ति हुन् । किनभने बीमा समितिमा सल्लाहकार हुदा उनले नै बीमा समिति हाकेका हुन, अध्यक्ष त बीमाको कम्पनीको शाखा उद्घाटनमा गईरहने आलंकारिक ब्यक्ति मात्रै थिए । झन बहालवाला अध्यक्ष र भोजराज शर्माको धारणा सुन्ने हो भने दुबैको धारणा शतप्रतिशत उस्तै हुन्छ, अझ शब्द समेत फरक हुदैन। शर्माको धारणा अध्यक्षले बोलेका हुन या अध्यक्षको धारणा शर्माले बोलेका हुन भनी सोधखोज गर्नु जोगि देखि भैसि डरायो कि भैसिदेखि जोगि डरायो भन्नु जस्तै हो । खैर शर्मा बीमा समितिमा काम गरि सकेकाले फेरि नया संस्थाको नेतृत्व खोज्नु जायज थिएन् । यद्यपी बीमक संघसंगको सिन्डिकेटमा बीमा समितिले आफु अनुकुलका ब्यक्तिहरुलाई नै ठाउ दिने चलन भने नयाँ होईन् ।
परिमार्जित बीमा ऐन कार्यान्यनमा आएपछि नेतृत्वपनि फेरिने कुरापनि चल्न थालेको छ । यो शरदमा नेतृत्व फेरियो नै भने पनि केबी र डा. अनिलजस्ता बीमा पुरुषहरु छुट्नेछन किनकि धुरन्धर बीमा बिद्वानहरु समितिको लागि भारि हुनेछन् र बीमा ब्यवसायीहरुको मनोकांक्षा पुरा हुन असम्भव हुनेछ । फेरि पनि अध्यक्षमा वहालवाला अध्यक्षलाई कसैलाई हटाउन सक्ने छैन । यदि कसैको अथक प्रयास सफल भयो भने डा. फत्त बहादुर केसिको पुनरागमन हुनेछ । बिडम्वना, केबि र अनिल जस्ता बीमा वजारको लाज बचाउने बीमा पुरुषहरु अटाउने छैनन् ।