IME Life New

बैंकान्सुरेन्स क्षेत्रमा सम्भावना खोज्दै नया जिबन बिमा कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ फाल्गुन १५, पछिल्लो पटक बिमा समितिले एकैपटक ९ ओटा जीवन बिमा कम्पनीहरुलाई बिमा ब्यबसाय संचालन अनुमति दिए सगै इन्स्योरेन्स कम्पनीहरु आक्रामक बजारीकरणमा लागेका छन् । पुराना कम्पनीहरुले समेत सोचेको जस्तो व्यापार गर्न नसकेको अवस्थामा नया इन्स्योरेन्स कम्पनीहरुले अहिलेकै तरिकाले ब्यापारको रणनीति बनाउदा सफल नहुने देखेपछि इन्स्योरेन्स क्षेत्रका नया-नया सम्भावनाहरुको खोजिको क्रम तिब्र हुन थालेको छ । यसै क्रममा इन्स्योरेन्स कम्पनीहरुले बैंकान्सुरेन्सलाई नया व्यावसायिक सम्भाना भएको क्षेत्रको रुपमा हेर्न थालेका छन् ।

बैंकान्सुरेन्स भनेको बैंकले इन्स्योरेन्स कम्पनीको अभिकर्ता/एजेनट बनेर काम गर्ने प्रक्रिया हो, बैंकान्सुरेन्स आज भन्दा करिब ३३ वर्ष अगाडी अमेरिकाबाट सुरु गरिएको हो, बन्किंग क्षेत्रमा विश्व बजारमा पछिल्लो पटक प्रचलनमा रहेको बैंकान्सुरेन्स नेपालमा पनि भर्खर-भर्खर प्रचलनमा आउन थालेको छ, केही पुराना इन्स्योरेन्स कम्पनीहरुले विविन्न बैंकहरु सग बैंकान्सुरेन्स सम्झौता गरि काम सुरु गरे पनि खासै सफलता पाउन सकेको भने देखिदैन तर नया इन्स्योरेन्स कम्पनीहरु भने बैंकान्सुरेन्स व्यापारको लागि धेरै नै लागीपरेको दखिन्छ ।

Esewa
Crest

बिशेष गरी पछिल्लो पटक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स बैंकान्सुरेन्स सम्झौतामा आक्रामक दखिनछन्, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनता बैंक, आइसिएफसि फाइनान्स लिमिटेड, मुक्तिनाथ बिकाश बैंक, नेरुडे लघुवित्त बित्त्य संस्था, सबैको लघुवित्त बित्त्य संस्थासग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ, भने छिट्टै अरु बैंकहरु सग पनि बैंकान्सुरेन्स सम्झौता गर्ने जानकारी दिएको छ, तस्तै गरी पछिल्लो पटक युनियन लाइफ इन्स्योरेन्सले कुमारी बैंक, मुक्तिनाथ बिकाश बैंक र जनता बैंकसग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ, तेस्तै गरी रिलायन्स लाइफ इन्स्योरेन्सले पनि जनता बैंक सग बैंकान्सुरेन्स सम्झौता गरेको छ ।

बैंकान्सुरेन्स विश्व बजारमा एउटा सफल इन्स्योरेन्स बिक्रिको माध्यम हो, बैंकमा हुने सानो तिनो बचत लाई पनि इन्स्योरेन्समा परिबर्तन गर्न सके राष्ट्रको बचत वृद्धि हुनुको साथै दिर्घकालिन पुजी परिचालनमा सहयोगी सिद्ध गर्न सकिन्छ, बैंकान्सुरेन्सको बारेमा नेपाल राष्ट्र बैंकको कुनै नीति नभएको कारणले गर्दा बैंकान्सुरेन्सको बारेमा नेपाली बैंकहरु बैंकान्सुरेन्स आक्रामक बजारीकरणमा लागेको पाईदैन, नेपाल राष्ट्र बैंकले बैंकान्सुरेन्स नीति छिट्टै जारी गर्ने तयारी गर्दै छ, बैंकान्सुरेन्स नीति पछि बैंकान्सुरेन्स ब्यबसाय ले ठुलो फड्को मर्न सक्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS