बुधबार नेप्से ६ अंकले बढेर १,२८४.०७ को बिन्दुमा कायम भएको छ । फाइनान्स र उत्पादनमुल बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८४ अंकले बढेको छ ।
दिनभरिमा १ सय ७० वटा कम्पनीको १३ लाख ४६ हजार ३ सय ३० कित्ता शेयर ६ हजार ४ सय ६२ पटक खरिदविक्री हुँदा ४४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ३ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी कृषि विकास बैंकको २ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बैंकको २ करोड ६० लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोडमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंक, नबिल बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक र बैंक अफ काठमाडौको १ करोडमाथिो कारोबार भएको छ ।
गणपति माइक्रोफाइनान्सका लगानीकर्तालृ सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन्,मिथिला लघुवित्तका शेयरधनीले ८ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै यूनियन हाइड्रोका शेयरधनीले सबैभनदा धेरै ५ प्रतिशतका दरले गुमाएका छन् ।