IME Life New

माछापुछ्रे गाउँपालिकाका १२ दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकस्थित परियारटोलका दलित घर परिवारको निःशुल्क स्वास्थ्य बीमा भएको छ ।

लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनको संयुक्त प्रयासमा १२ दलित परिवारको निःशुल्क स्वास्थ्य बीमा भएको हो ।

Esewa
Crest

गण्डकी प्रदेश सभाका सदस्य रामजी प्रसाद बरालले स्थानीय सुरेश परियारलाई बीमा कार्ड हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका हुन् ।

कूल २० परिवारको बसोबास रहेको सो टोलका ८ परिवारको यसअघि नै गाउँपालिकाले निःशुल्क बीमा गरेकोमा बाँकीको लायन्स क्लबले बीमा गरिदिएपछि दलित परिवारमा खुशीयाली छाएको क्लबका बीमा कार्यक्रम संयोजक यम जिसीले जानकारी दिए ।

शिक्षा तथा अवसरबाट पछाडि परेका परियार जातिको मात्र बसोबास रहेको सो टोलका केही युवाहरु वैदेशिक रोजगारीमा छन् भने अधिकांशले कृषि पेशा अँगालेका छन् ।

कम अवसर प्राप्त गरेका दलित समूदायलाई स्वास्थ्य सेवासम्मको पहुँच सुनिश्चित गर्नका ४२ हजारबाट एक वर्षको स्वास्थ्य बीमा गरिएको क्लबका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बरालले राज्य एक्लैको प्रयासबाट मात्र सुखी नेपाली समृद्ध नेपालको सपना पूरा नहुने भएकाले सामाजिक संघसंस्था तथा क्लबहरुले पनि सामाजिक कार्य मार्फत सरकारलाई लक्ष्य प्राप्तिमा सहयोग गर्नुपर्ने भनाई राखे ।

सांसद बरालले दलित बस्तीमा आएर लायन्स बीमा गर्दा बस्तीमा प्रेरणा दिने काम गरेको बताए ।

गाउँपालिका अध्यक्ष कर्ण गुरुङले वर्षको रु तीन हजार ५०० सयको बीमाबाट नागरिकलाई १ लाख रुपैयाँ सम्मको ऋणबाट मुक्त गर्न सकिने बताउँदै यस वर्ष पनि गरीब तथा विपन्न परिवारको बीमाका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको स्पस्ट पारे ।

अहिले नै नगद हातमा परेन भन्ने स्थानीयलाई लाग्न सक्ने बताउँदै अध्यक्ष गुरुङले १२ घरपरिवारलाई  १२ लाखको लगानी क्लबको तर्फबाट भएको उनको भनाई छ ।

पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार ५०० तिरेर बीमा गरेपछि तोकिएका अस्पतालबाट वार्षिक १ लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS