IME Life New

सिंहदरबारभित्र साउन भरी सहज प्रवेश दिन आर्थिक पत्रकार संघको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सिंहदरबाभित्र पत्रकारहरुका लागि प्रवेशको सहज वातावरण बनाउन माग गरेको छ । सूचना विभागबाट जारी भएको पत्रकार परिचय पत्रको म्याद असार मसान्तमा सकिएका र नयाँ बनाउन केहि समय लाग्ने भएकाले पत्रकारहरुका लागि सहज रुपमा प्रवेशको वातावरण बनाउन माग गरेको हो ।

म्याद सकिएको भन्दै सिंहदरबाको गेटमा खटिएका सुरक्षाकर्मीले पत्रकारहरुलाई प्रवेशमा रोक लगाउन शुरु गरेका थिए । नविकरणका लागि समय लाग्ने भन्दै मंगलबार नाफिजको केन्द्रीय कार्यसमितिको तर्फबाट कोषाध्यक्ष रोयल आचार्यले विज्ञप्ती जारी गर्दै साउन महिना भर असार नविकरण हुन बाँकी परिचय पत्रका आधारमा प्रवेश दिन माग गरेको हो ।

Esewa
Crest

‘२०७६ असार मसान्तमा म्याद सकिएका पत्रकार परिचय पत्रका आधारमा २०७६ साउन मसान्तसम्म सिंहदरबार लागयतका प्रशासनिक केन्द्रहरुमा प्रवेशको व्यवस्था मिलाउन (नाफिज)जोडदार माग गर्दछ’ नाफिजद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS