सातको अन्तिम कारोबार शेयर बजार सामान्य अंकले घटेको छ । आर्थिक वर्ष २०७६ ७७ को शुरु भएको दुई दिन नेप्से बढेको थियो । तर, आज भने २.३७ अंकले घटर १,२७२४९ को विन्दुमा कायम भएको छ ।
फाइनान्स उत्पादनमुलक र माइक्रोफाइनान्स बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समुह २७ अंकले घटेको छ ।
आज दिनभरिमा १ सय ५८ वटा कम्पनीको १२ लाख ५० हजार ७ सय ८ कित्ता शेयर ४ हजार ३ सय ७१ पटक खरिदविक्री हुँदा ४१ करोड १३ लाख ६९ हजार २ सय ९९ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त प्रोमोटर शेयरको ५ करोडमाथिको कारोबार भएको छ ।
सिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंकको २ करोडमाथिको कारोबार भएको छ । त्यसैगरी प्रभु बैंक, एनआइसी एशिया बैंक, सिभिल बैंक, नबिल बैंक, मेगा बैंक र अपर तामाकोशीको १ करोडमाथिको कारोबरा भएको छ ।
सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।