IME Life New

सामाजिक सुरक्षा योजनामा आबद्ध हुने समय थप, कहिलेसम्म छ म्याद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गत मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध हुने समय थप गरेको छ । यसअघि रोजगारदाता तथा योगदानकर्ताहरुले असार मसान्त भित्र आबद्ध हुनुपर्ने व्यवस्था थियो। कोषमा आबद्ध हुन बाँकी रोजगारदाता तथा योगदानकर्ताहरुका लागि आबद्ध हुन तीन महिना समय थप गरेको हो ।

कोषले समय थप गरेको सुचना प्रकाशित गर्दैे असोज सम्ममा सबै रोजगारदाता तथा योगदानकर्ताहरुलाई कोषमा आबद्ध हुन निर्देशन दिएको हो। कोषले सबै रोजगारदाता तथा योगदानकर्तालाई कोषमा सूचीकृत हुने म्याद असोज मसान्तसम्म दिएको छ ।

Esewa
Crest

वास्तवमा निजी क्षेत्रको पेन्सन तथा बीमा जस्ता विषय जुन थिएन त्यसलाई व्यवस्थापन गर्नको लागि र श्रम ऐनले श्रमिकका लागि तोकेका सुविधा व्यवस्थापन गर्न सामाजिक सुरक्षा कोष स्थापना भएको हो।

योजनामा सहभागी हुने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सामाजिक सुुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ । रोजगारदाताले २० प्रतिशत र योगदानकर्ताले ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा हुनेछ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदान रकम भुक्तानी भएकै मितिबाट लागू हुनेछ भने अन्य योजनाहरु सामाजिक सुरक्षा योजना सञ्चालन कार्य्विधिमा तोकिए बमोजिमको अवधि पूरा भएपछि मात्रै लागू हुने कोषले जनाएको छ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यअवधिमा संशोधन गरी अरु सामाजिक सुरक्षा योजनामा समाहितलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐच्छिक मात्र हुने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS