IME Life New

बीमा अभिकर्ता बन्न चाहानुहुन्छ, यदि इच्छुक हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा अभिकर्ता बीमित र बीमकका बीचमा मध्यस्तकर्ताका रुपमा रही काम गर्ने व्यक्ति बीमा अभिकर्ता हो । बीमा कम्पनिको तलबी कर्मचारीको रुपमा नभई निश्चित कमिशनका आधारमा बीमकको तर्फ बाट बीमित समक्ष गई बीमा प्रबद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । बीमा अभिकर्ताले बिमितलाई बीमा कम्पनिका नीति तथा बीमाका प्रकार साथै बीमा अवधिका बारेमा बताई बीमा गर्न प्रेरित गर्दछन् ।

बीमा अभिकर्ता हुनका लागि शैक्षिक योग्यता कति हुनुपर्छ ? धेरै मानिसहरुको जिज्ञासा हुन सक्छ बीमा अभिकर्ता बन्नका लागि कति शैक्षिक योग्यता चाहिन्छ वा के पढेको हुनु पर्दछ । बीमा अभिकर्ता बन्न वा हुनका लागि यो पढेको वा यति नै शैक्षिक उपाधि हासिल गरेको हुनु पर्छ भन्ने छैन् । तर पनि बीमा अभिकर्ता बन्नका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको पढाई उत्तिर्ण गरेको हुनुपर्छ । योग्यता पुगेका जो कोहिले पनि अभिकर्ता बन्न सक्नेछन् ।

Esewa
Crest

बीमा अभिकर्ता हुनका लागि के तालिम प्राप्त हुनै पर्छ ?

तालिम कसरी लिने वा को मार्फत लिने ? बीमा अभिकर्ता बन्नका लागि बीमा सम्बन्धि आवश्यक तालिम प्राप्त व्यक्तिको आवश्यक पर्दछ । यस्तो तालिम बीमा समिति वा सम्बन्धित बिमकले सञ्चालन गर्दछन् । तालिम पश्चात बीमा अभिकर्ताको इजाजतपत्रको लागि बीमा समितिले तोकेको ढाँचामा निवेदन दिनुपर्दछ ।

बीमा अभिकर्ता का कार्य केके हुन् ?

यसरी बीमा अभिकर्ताको इजाजतपत्र पाए पछि अभिकर्ताले आफनो काम र कर्तव्यको परिधि भित्र रही काम गर्नु पर्ने हुन्छ ।अभिकर्ता भनेको बीमा कम्पनिको प्रतिनिधि हो । बीमा कम्पनिको प्रतिनिधिको रुपमा बीमा गराउन चाहने व्यक्तिको सम्पर्कमा पुग्ने, बीमितलाई बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमा सम्बन्धि आवश्यक परामर्श दिने बीमा दावि भुक्तानिको समयमा बीमित वा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने जस्ता कार्यहरु बीमा अभिकर्ताले गर्नु पर्ने हुन्छ ।

बीमा अभिकर्ताको हातमा धेरै जिम्मेवारी रहेको हुन्छ । बीमा क्षेत्रलाई अगाडि बढाउने देखि लिएर बीमा ज्ञान फैलाउने काम पनि अभिकर्ताकै हुन्छ । निश्चित सीमा र परिधिमा साथै कम्पनिको नीतिमा रही अभिकर्ताले काम गर्नु पर्छ ।

असल बीमा अभिकर्ता कै योगदानले गर्दा बीमा व्यवसाय अगाडि बढ्दछ । त्यसैले असल बीमा अभिकर्ताको खाँचो बीमा क्षेत्रमा खड्किदो छ । अभिकर्ता बीमा कम्पनिको ग्राहक वृद्धि गर्ने एक मूख्य माध्यम हो । बीमा कम्पनिहरुलाई मानिसको पहुँचमा पुर्याउने र बीमा बजारमा साथै सर्वसाधरणमा बीमा कम्पनिको नीतिहरु पुर्याउन बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS