IME Life

नेपाल टेलिकमको छूट योजना, पोस्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई सहज

SPIL
NIC ASIA new
Sanima Reliance

नेपाल टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई छूट प्रदान गर्ने भएको छ । टेलिकमले उक्त सेवा असार २७ शुक्रवारदेखि लागू हुने संचालनमा ल्याएको हो । कम्पनीले एफटीएच सेवामा पनि छूटको योजना आगामी साउन ५ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरिसकेको छ ।

कम्पनीले समर अफर अन्तर्गत पोस्टपेड मोबाइलमा मासिक ५ सय रुपैयाँको प्याकेजमा ३ सय ९० मिनेट कम्पनीकै मोबाइल तथा टेलिफोनमा र १ सय मिनेटसम्म अन्य कम्पनीका मोबाइल वा टेलिफोनमा कुरा गर्न सकिने बताएको छ ।

त्यस्तै, यही योजनाअन्तर्गत १ महीनासम्म ५ सय एमबी डाटा र १ सय एमएमएस पनि निःशुल्क उपलब्ध गराइने भएको छ ।

त्यस्तै, ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा कम्पनीकै फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबी इन्टरनेट र १ सय ओटा सन्देश तथा कम्पनीभन्दा बाहिरका अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ३० मिनेट कुरा गर्न पाइनेछ ।

त्यस्तै, १ हजार रुपैयाँको प्याकेजमा ५५० मिनेट कुराकानी, १ हजार एमबी डाटा तथा १५० ओटा सन्देश पठाउन र अन्य राष्ट्रिय कम्पनीका मोबाइलमा ४० मिनेट कुरा गर्न सकिन्छ ।

त्यसैगरी, २५ एमबीपीएसको १ महीनाको १ हजार ९ सय, ३ महीनाको रू. ५ हजार ४ सय ५०, ६ महीनाको ९ हजार ७ सय र १ वर्षको रू. १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ ।

४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ छ ।

यी सबै प्याकेजमा उल्लिखित इन्टरनेट ब्यान्डविथबाहेक १ महीना, ३ महीना, ६ महीना र वर्षका लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १ हजार ५ सय मिनेट र ३ हजार मिनेट भ्वाइस टेलिफोन सेवा पनि निःशुल्क उपलब्ध गराइएको छ ।

एफटीटीएच सेवामा विगतको स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेज यथावत् कायम गरिएको छ । यद्यपि, ती सेवामा निःशुल्क प्राप्त भइरहेका भ्वाइस सेवा केही समयका लागि बन्द गरिएको छ ।

उल्लिखित छूटहरू ९० दिनसम्मका लागि लागू गरिएको छ । यसअघि स्प्रिङ अफर अन्तर्गत प्रदान गरिएका अन्य छूटलाई समेत निरन्तरता दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS