ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयर विक्री गर्नका लागि शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने मिति तय गरेको छ । लघुवित्तको असार ८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार शेयरधनी दर्ता पुस्तीका बन्द गर्ने मिति तय गरेको हो ।
संस्थाको यस्तो निर्णयअनुसार साउन १ गते शेयरधनी तर्दा पुस्तीका बन्द हुने भएको छ । संस्थाले १ बराबर १ को अनुपातमा ११ लाख ४ हजार ५ सय ७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।