घोडिघोडा लघुवित्त वित्तीय संस्थाको आजदेखि आइपीओ खुला हुने भएको छ । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ लाख ३२ हजार ६ सय कित्ता आइपीओ खुला गर्न लागेको हो । यसमध्ये ० दशमलव ५ प्रतिशत (१ हजार ३ सय ८० कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (९ हजार ६ सय ३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५ सय ९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आइपीओबाट जम्मा भएको रकममध्ये ५० लाख रुपैयाँ कृषि क्षेत्र, ३२ लाख ६० हजार रुपैयाँ व्यापार व्यवसाय र ५० लाख रुपैयाँ लघु उद्यम कर्जामा उपयोग गरिने कम्पनीले जनाएको छ ।