सबै स्थानियतहका लगानीकर्ताहरुलाई दोस्रो बजारमा समावेश गराउनुपर्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेप्सेको एक कार्यक्रममा बेल्दै नेप्सेका (सीईओ) चन्द« सिंह साउदले सबै स्थानिय तहमा दोसो बजारमा लगानीकर्तालाई सहभागीता गराउर्ने बताएका छन् । उनले भने “सबै स्थानिय तहसम्मका लगानीकर्तालाई दोस्रो बजारमा सहभागी गराउने नेप्सेको चाहाना रहेको छ ।”
दोस्रो बजारमा २ लाख ९४ हजार लगानीकताले मात्र अधावधिक गराएका छन् । जसमा आफनो जानकारी अधावधिक गराएका मध्ये ११ हजार २ सय ४६ लगानीकर्ताले दास्रो बजारमा कारोबार गरिरहेका छन् । चालु अर्थिक बर्षको हालसम्म भएका कारोबारमा ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार मध्ये १० अर्ब ६० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार अनलाईन प्रयोगकर्ताले गरेका छन् ।