Connect IPS
IME Life

नेप्से दोहोरो अंकले घट्यो, ४८ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । शेयर बजार १०.०१ अंकले घटेर १,२५४.३५ अंकमा कायम भएको छ । विकास बैंक, फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८५ अंकले घटेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको १५ लाख ७५ हजार ३ सय ४० कित्ता शेयर ५ हजार ६ सय ९ पटक अरिदविक्री हुँदा ४८ करोड १८ लाख ५९ हजार ७ सय ४३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको ४ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी डिप्रोक्स लघुवित्त, चिलिमे हाइड्रोपावर, सिभिल बैंक प्रोमोटर शेयर र नेपाल बेंकको २ करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयर, प्रभु बैंक, सिद्धार्थ बेंक, सिवम् सिमेन्ट र छिमेक लघुवित्त प्रोमोटर शेयरको १ करोडमाथिको कारोबार भएको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने स्वदेशी लघुवित्त र शिखर इन्स्योरेन्सका शेयरधनीले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS