IME Life New

सूर्या लाइफको साधारण सभा असार ११ गते, कहिलेसम्म कायम शेयरधनीले पाउछन् लाभांश?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको बोनस शेयर वितरण तथा साधारण सभा प्रयोजनाका लागि जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागी हुन पाउने छन् ।

जेठ १७ गते बसेको कम्पनीको २ सय ४१औँ बैठकले सो निर्णय गरेको हो । वार्षिक साधारणसभा असार ११ गते विराटनगरस्थित कम्पनीको रजिष्ट्रार कार्यालयमा गर्ने बस्ने निर्णय भएको छ ।

Esewa
Crest

बैशाख २७ गते सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८ सय ४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको थियो।

बोनस शेयर पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS