IME Life New

बीमाङ्क लिन चोरीको नाटक गर्दै जाहेरी दिने पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमाङ्क लिन चोरी भएको नाटक गरेपछि प्रहरीले काठमाडौं बाफलका ६६ वर्षीय देवराज खड्कालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ३२ लाख १० हजार रुपैयाँ मूल्यबराबरको विभिन्न ब्रान्डका रक्सी चोरी भएको भन्दै उनले ६ जेठमा प्रहरी कार्यालयमा जाहेरी गरेका थिए । जाहेरीलगतै प्रहरी घटनास्थल पुगेको थियो । जाहेरीमा उल्लेख भएजस्तो चोरी नभएको खुलेपछि प्रहरीले  जाहेरीवाला खड्कामाथि नै अनुसन्धान गरेको थियो ।

वृत्त प्रमुख डिएसपी देवेन्द्र पालले बीमाबापतको रकम लिन चोरीको नाटक गरेको खुलेको बताए । उनले भने, ‘रक्सी पसल चोरी भएको भन्दै हामी कहाँ उजुरी प-यो । अनुसन्धानमा प्रहरी खटिए । तर, चोरी भएको प्रमाण कतै भेटिएन । त्यसपछि अनुसन्धान जाहेरीवालामै केन्द्रित ग-यौँ । यसक्रममा उनैले चोरी नभएको बताए । कारण बुझ्दा बीमाबापतको रकम असुल्न नाटक गरेको खुल्यो ।’

Esewa
Crest

प्रहरीका अनुसार उनको बाफलस्थित निजी घरको भुइँ तलामा दाजुभाइ मधुशालानामक रक्सी पसल छ । सोही पसलबाट विभिन्न १० ब्रान्डका एक सय ५० कार्टुन चोरी रक्सी भएको जाहेरीमा उल्लेख छ । घटनास्थल पुगेका प्रहरीले पसल आसपासका छिमेकीसँग बयान लियो । घरमा डेरा गरी बस्नेसँग पनि सोधपुछ गर्यो । तर, चोरी भएको खुल्ने कुनै प्रमाण फेला परेन । त्यसपछि अनुसन्धान जाहेरीवाला खड्कामाथि केन्द्रित भएको थियो ।

डिएसपी पालले भने,‘ एक सय ५० कार्टुन रक्सी चोरी हुनु सामान्य विषय थिएन । यसका लागि ट्रक नै घटनास्थल पुग्नुपर्छ । जाहेरीमा उल्लेख भएको मितिमा यस्तो ट्रक आए–नआएको बुझ्यौँ । तर, ट्रक देख्ने व्यक्ति कोही फेला परेन । आसपासका छिमेकीसँग सोध्यौँ । उनकै घरमा डेरा गरी बस्नेसँग पनि सोध्यौँ । तर, प्रमाण फेला परेन । त्यसपछि मात्रै हामीले खड्कासँग सोधपुछ ग-यौँ । यही क्रममा घटना नक्कली रहेको खुल्यो ।’

पसल बीमा  गरेपछि रकम निकाल्न झुटो जाहेरी
प्रहरीका अनुसार केही महिनाअघि मात्रै उनले रक्सी पसलको बीमा इन्स्योरेन्स कम्पनीमा गराएका थिए । त्यसलगतै बीमाबापतको रकम लिन उनले विभिन्न जुक्ति लगाउन थाले । चोरीको प्रतिवेदन पेस गर्दा बीमाबापतको रकम लिन सकिने निष्कर्षमा उनी पुगे ।  प्रतिवेदनका लागि उनले पसल चोरी भएको झुटो जाहेरी प्रहरीलाई दिए । डिएसपी पालले भने, ‘बी माबापतको रकम लिन प्रहरीको सिफारिस आवश्यक पर्ने देखियो । यसैका लागि झुटो जाहेरी दिएको देखिन्छ । उनले विगतमा पनि यस्ता घटना गराएको हुन सक्छ । यस सम्बन्धमा थप अनुसन्धान जारी छ ।’

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS